Siraha Times
ताजा समाचार

सिरहाको लक्ष्मीपुर पतारीमा ५० विघा खेति योग्य जमिन जलमग्न

  • असार २३, २०७७
  • ८९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह ,सिरहा २३ असार । सिरहाको लक्ष्मीपुर पतारी वडा नं. ४ धन्छवार र वडा नं. ६ सितापुर बजार देखि पश्चिम पट्टिको ५० विघा खेति योग्य जमिन जलमग्न रहेको छ । गांउपालिकाको लापरवाहिले गर्दा पचास विघा जमिन जलमग्न रहेको सितापुरका एक किसान भेदिलाल यादवको आरोप रहेको छ । पटक पटक गांउपालिका अध्यक्ष रामवल्लभ साहलाई सो जमिनको बारेमा जानकारी गराए तापनि कुनै किसिमको चासो नदिएको किसान यादवले बताए । वडा नं. ६ का अध्यक्ष राजेश्वर साह सुडिका अनुसार उचित नला तथा पानिको बहाब नभएकोले सो जमिन जलमग्न भएको बताए हुन । गांउपालिका अध्यक्ष द्वारा सो स्थलमा निरिक्षण गराए तापनि कुनै किसिमको चासो नदिएको र सो व्यवस्थापनका लागि गांउपालिका स्तरमा बजेट समेत नछुट्याएको वडा अध्यक्ष सुडिको आरोप छ । नेपाल सरकारको निति सम्वत बाँझो जमिनलाई समेत उब्जाउ बनाउने तर यहाँ ५० विघा उब्जाउ जमिन बाँझोमा परिणत भएको छ यसलाई जसरी भएपनि व्यवस्थित तरिकाले पानिको निकास बनाइ सो जमिनलाई उब्जाउमा परिणत गर्ने वडा अध्यक्ष सुडिको जिकिर रहेको छ । पानि जलमग्न भएका कारणले सो जमिन खेति योग्य त छैन छैन त्यसमा बजार बिस्तारका लागि पनि घर बनाउने योग्य नरहेको नेकपाका नेता देव नारायण साहले बताए । यदि खेति योग्य जमिन भएको भए त्यसबाट किसानहरु बिभिन्न प्रकारका फसल उब्जाइ गरिबी न्यूनिकरणमा टेवा समेत पुग्ने थियो । साथै जलमग्नताको कारणले गर्दा सितापुर बजारको बिकास र विस्तरमा पनि बाधा भइरहेको नेता साहले बताए ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१