सिरहाको लक्ष्मीपुर पतारीमा ५० विघा खेति योग्य जमिन जलमग्न

  • असार २३, २०७७
  • ८३० पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह ,सिरहा २३ असार । सिरहाको लक्ष्मीपुर पतारी वडा नं. ४ धन्छवार र वडा नं. ६ सितापुर बजार देखि पश्चिम पट्टिको ५० विघा खेति योग्य जमिन जलमग्न रहेको छ । गांउपालिकाको लापरवाहिले गर्दा पचास विघा जमिन जलमग्न रहेको सितापुरका एक किसान भेदिलाल यादवको आरोप रहेको छ । पटक पटक गांउपालिका अध्यक्ष रामवल्लभ साहलाई सो जमिनको बारेमा जानकारी गराए तापनि कुनै किसिमको चासो नदिएको किसान यादवले बताए । वडा नं. ६ का अध्यक्ष राजेश्वर साह सुडिका अनुसार उचित नला तथा पानिको बहाब नभएकोले सो जमिन जलमग्न भएको बताए हुन । गांउपालिका अध्यक्ष द्वारा सो स्थलमा निरिक्षण गराए तापनि कुनै किसिमको चासो नदिएको र सो व्यवस्थापनका लागि गांउपालिका स्तरमा बजेट समेत नछुट्याएको वडा अध्यक्ष सुडिको आरोप छ । नेपाल सरकारको निति सम्वत बाँझो जमिनलाई समेत उब्जाउ बनाउने तर यहाँ ५० विघा उब्जाउ जमिन बाँझोमा परिणत भएको छ यसलाई जसरी भएपनि व्यवस्थित तरिकाले पानिको निकास बनाइ सो जमिनलाई उब्जाउमा परिणत गर्ने वडा अध्यक्ष सुडिको जिकिर रहेको छ । पानि जलमग्न भएका कारणले सो जमिन खेति योग्य त छैन छैन त्यसमा बजार बिस्तारका लागि पनि घर बनाउने योग्य नरहेको नेकपाका नेता देव नारायण साहले बताए । यदि खेति योग्य जमिन भएको भए त्यसबाट किसानहरु बिभिन्न प्रकारका फसल उब्जाइ गरिबी न्यूनिकरणमा टेवा समेत पुग्ने थियो । साथै जलमग्नताको कारणले गर्दा सितापुर बजारको बिकास र विस्तरमा पनि बाधा भइरहेको नेता साहले बताए ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१