ताजा समाचार

क्राईम ब्रान्चका सई सिंह जिल्ला भरिवाट आर्थिकमा सङ्कलनमा ब्यस्त

  • असार २२, २०७७
  • ९०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

पर्सा, असार २२ गते । पर्सा जिल्लाभरी लगायतका क्षेत्रमा शान्ती सुरक्षा कायम राख्न नेपाल प्रहरी परिचालन भएपनी हालको समयमा तस्करी सङ्ग साटघाट गरिरहेको बारे प्रष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम ब्रान्चमा कार्यरत रहेका प्रहरी नायब निरीक्षक सुमन सिंहले केही दिन पहिला पर्साको मुख्य नाका वीरगंज भन्सार ईनार्वा चौकीको ईन्चार्ज भई बसेको बेला देखि नै पर्साको नामुद्रत तस्करहरु संग साटघाट राखेको विभिन्न पत्रपत्रिकामा व्यापक रुपमा प्रकाशित भएको हो। को हुन प्रहरी नायब निरीक्षक सिंह वीरगंज भन्सार ईनार्वा चौकीको प्रमुख हुदा बदनामीको मिसाल कायम गरेका मध्ये एक मानिन्छ सई सिहलाई। सिंहको बसाई ईनार्वा हुदा बिरगंजको ट्रान्सपोर्टहरू देखि स्थानीय तस्कर लगायत रौतहट, सर्लाहीबाट गर्ने तस्कर गिरोह सङ्ग मासिक लाखौ आय आर्जन गरेको बारे प्रष्ट खबर समेत स्थानिय सन्चार माध्यममा बिगुल फुके झै चर्चाको बिषय बनेको थियो । पर्सा प्रहरी प्रमुख गागा पन्तले जन्तालाई दिन रात खटि शान्ति सुरक्षा तथा तस्करी पुर्णरुपमा नियन्त्रण गर्नै निर्देशन दिए पनि प्रहरी नायब निरीक्षक सिंह जस्ता बदनामी कर्मचारीले अाफ्नो ब्यसायिकता बिर्सेर एसपी पन्तको निर्देशनलाई लत्याउदै अाएका छन्। प्रहरी नायब निरीक्षक सिंहले अाफ्नै हाकिमहरुलाई झुकियार अाफ्नो पाईनलको टोलि बनाई पर्सा जिल्लाको ग्रामीण भेगको नाका अमरपर्टी , पकाहामैनपुर, धोरै , भिस्वा, बुढगाइ , र्मिजापुर , जानकिटोला, महादेवपर्टी, लगाएतका विभिन्न नाकाबाट तस्करहरु संग क्राइम ब्रान्चको सई हो भनेर लाखौं रुपैया असुल्दै अाएको छन्। नेपाल प्रहरी संगठनका तत्कालीन आइजिपी सर्वेन्द्र खनालले आफु नजिक ईमन्दार कुशल कर्तव्य निस्ट रहेकि एसपी गङ्गा पन्त भएकै कारण पर्सा जिल्लामा पठाइएको बिषयमा व्यापक रूपले प्रहरी संगठन मै चर्चाको बिषय बनेको थियो । प्रहरी उपरीक्षक गङ्गा पन्त कसरी बदनाम बनिदै प्रहरी उपरीक्षक गङ्गा पन्त प्रहरी संगठन मै इमन्दार र कूशल र कर्तव्य निशठ कर्मठको रूपमा चिनिन्छिन । तर पर्सा जिल्लाको कार्यकालमा उहाले रोजेको प्रहरी नायब उपरीक्षक सिंहले नै गर्दा उहाको छवि माथी असर पर्ला प्रहरी श्रोतको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤