ताजा समाचार

सरकार ढाल्न पाइदैन,केपी ओली फाल्न पाइदैन नारा के साथ मिर्चैयामा प्रदर्शन

  • असार २१, २०७७
  • १२५९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मोहन साह । सिरहा,असार २१ गते । सिरहाको मिर्चैयामा सरकारको समर्थनमा प्रर्दशण गरिएको छ । सरकार ढाल्न पाइदैन,केपी ओली फाल्न पाइदैन नारा के साथ मिर्चैयामा प्रदर्शन गरेको हो । मिर्चैयामा प्रधानमन्त्री केपी शार्मा ओलीको समर्थनमा नारा जुलूस प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, सिरहाको समर्थन ओलीलाई’ ‘ओली सिध्याउन किन यत्रो जोड, भारतीय विस्तारबाद नेपाल छोड’ उत्खनन् गर्नु छ कैयौं खानी, फिर्ता गर्नुछ हाम्रो कालापानी’ जस्ता नारा अंकित प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए । नेपालको राष्ट्रिय झण्डा बोकेर मिर्चैयाको कटारी चौकबाट पाचै सयको संख्यामा निस्केको जुलूस नगरका विभिन्न भागमा प्रदर्शन गरेका थियो । नेपालका भारतीय दलाल मुर्दावाद,लिपुलेक कालापानी हाम्रो हो , राष्ट्रिय स्वाधिनताको विरोध होसियार होसिया,देश बेच्न पाइदैन ,ओली फाल्न पाइदैन,भरतीय दलाल होसियार, राजनीतिक स्थिरता कायम गर, बैदेशीक हस्तक्षेप वन्द गर ,केपि ओली जिन्दावाद, जस्ता नारा लेखिएको प्लेकार्ड सहित बैधनाथ साहको अगुवाईमा प्रदर्शन गरेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बढेको दुरीलाई कम गर्न वार्ताको पहल भइरहेकाले स्थितिलाई नखबल्याउन दोस्रो पुस्ताका नेताहले खबरदारी गरिरहेका छन् । नेकपामा शीर्ष तीन नेता केपी शमा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल निकट दोस्रो पुस्ताका युवा तथा नेताहरुले दुबै अध्यक्ष वार्तामा बसेर विवादलाई अन्त्य गर्नुपर्ने दबाव दिंदै स्थितिलाई थप बिग्रन नदिन खबरदारी गरिरहेका बेला सिरहाको मिर्चैयामा प्रधानमन्त्री ओलीको समर्थनमा नारा जुलूसहरु निस्किरहेका छन् । युवा तथा विद्यार्थीका नाममा सिरहाको मिर्चैयामा गरिएको प्रर्दशनमा ठुलो संख्यामा युवाहरको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤