लक्ष्मीपुर पतारीको कार्ययोजनाको रकम सार्वजनिक गर्न माग

  • असार २०, २०७७
  • ७०९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सन्तोष यादव लहान, २० असार । रमाना लिएर लक्ष्मीपुर पतारी गाउँपालिकामा हाजिरी हुन आएका प्रशासकीय अधिकृत सुजित यादवले राजनीतिक रुपमा जोरजबरदस्त गर्दा विवाद चरम रुप लिएको छ । अधिकृत यादव भगवानपुर गाउँपालिकाबाट लक्ष्मीपुर पतारीको लागि आउँदा जेठ ३० गते गाउँपालिका अध्यक्ष रामवल्भ साह अनुपस्थिति रहेकोले हाजिरी हुन सकेन । अध्यक्ष साहले हाकिम साहेव भोली शनिवार विदा छ , पर्सी आउँनु होला भनेका थिए । उता, नेपाली काँग्रेस र नेकपाका नेता कार्यकर्ताको सहमतीमा अधिकृत यादवले तीन जना वडाध्यक्ष अध्यक्षबाट नै नक्कली हाजिरी भएर भिड्का साथ गाउँपालिकामा कामकाज गर्न आउँदा त्यहाँका कर्मचारी र जनप्रतिनिधिले कामकाज गर्न नदिएको हो । आफुलाई वडाध्यक्षले हाजिरी गराइसकेको हो भन्दै अधिकृत यादवले किर्ते चिठ्ठी र चलानी गरेर एनसिसी बैंकमा रहेको खाता असार ४ गते रोका गराएको छ । अध्यक्ष साहले ‘म हाजिर गराउँन तयार छु ।’ ‘तर, जालझेलमा होइन् ।’ ‘ आज असार १९ गते हो उहाँलाई स्वागत छ ।’ तर, पूरानो मितिमा होइन आजैको मितिमा हाजिर हुनु परियो ।’ ‘अधिकृत यादवले पूरानो मितिमा हाजिरी बनाउँन चाहन्छन् । यो अनियमिता कद्दापी हुन दिन ।’ ‘अधिकृत यादव राजनीतिक दवावमा परेर गाउँपालिकाको आर्थिक कारोबार अवरोध गर्न षड्यन्त्र गरेको हो ।’ ‘यस्ता विकास विरोधी र अपचलन लेटरप्याड र छाप प्रयोग गरेकोले बाध्य भएर कानुनी उपचारमा जाने ’ अध्यक्ष साहले बताए । बालपोषण भत्ता, समाजिक सुरक्षा भत्ता, क्वारेन्टाइनको लागि खर्च व्यवस्थापन गर्न कठिनाई भइरहेको छ । खाता रोकाले २ सय ५४ वटा योजना १ देखि ९० लाखसम्मको विकास निर्माण कार्य अवरोध भएको छ । असारमसान्तको बेला यस्तो खाता रोकेर विकास विरोधी नभए के हो यो ? वडा ३ का वडाध्यक्ष हनुमान मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१