ताजा समाचार

लक्ष्मीपुर पतारीको कार्ययोजनाको रकम सार्वजनिक गर्न माग

  • असार २०, २०७७
  • ८८७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सन्तोष यादव लहान, २० असार । रमाना लिएर लक्ष्मीपुर पतारी गाउँपालिकामा हाजिरी हुन आएका प्रशासकीय अधिकृत सुजित यादवले राजनीतिक रुपमा जोरजबरदस्त गर्दा विवाद चरम रुप लिएको छ । अधिकृत यादव भगवानपुर गाउँपालिकाबाट लक्ष्मीपुर पतारीको लागि आउँदा जेठ ३० गते गाउँपालिका अध्यक्ष रामवल्भ साह अनुपस्थिति रहेकोले हाजिरी हुन सकेन । अध्यक्ष साहले हाकिम साहेव भोली शनिवार विदा छ , पर्सी आउँनु होला भनेका थिए । उता, नेपाली काँग्रेस र नेकपाका नेता कार्यकर्ताको सहमतीमा अधिकृत यादवले तीन जना वडाध्यक्ष अध्यक्षबाट नै नक्कली हाजिरी भएर भिड्का साथ गाउँपालिकामा कामकाज गर्न आउँदा त्यहाँका कर्मचारी र जनप्रतिनिधिले कामकाज गर्न नदिएको हो । आफुलाई वडाध्यक्षले हाजिरी गराइसकेको हो भन्दै अधिकृत यादवले किर्ते चिठ्ठी र चलानी गरेर एनसिसी बैंकमा रहेको खाता असार ४ गते रोका गराएको छ । अध्यक्ष साहले ‘म हाजिर गराउँन तयार छु ।’ ‘तर, जालझेलमा होइन् ।’ ‘ आज असार १९ गते हो उहाँलाई स्वागत छ ।’ तर, पूरानो मितिमा होइन आजैको मितिमा हाजिर हुनु परियो ।’ ‘अधिकृत यादवले पूरानो मितिमा हाजिरी बनाउँन चाहन्छन् । यो अनियमिता कद्दापी हुन दिन ।’ ‘अधिकृत यादव राजनीतिक दवावमा परेर गाउँपालिकाको आर्थिक कारोबार अवरोध गर्न षड्यन्त्र गरेको हो ।’ ‘यस्ता विकास विरोधी र अपचलन लेटरप्याड र छाप प्रयोग गरेकोले बाध्य भएर कानुनी उपचारमा जाने ’ अध्यक्ष साहले बताए । बालपोषण भत्ता, समाजिक सुरक्षा भत्ता, क्वारेन्टाइनको लागि खर्च व्यवस्थापन गर्न कठिनाई भइरहेको छ । खाता रोकाले २ सय ५४ वटा योजना १ देखि ९० लाखसम्मको विकास निर्माण कार्य अवरोध भएको छ । असारमसान्तको बेला यस्तो खाता रोकेर विकास विरोधी नभए के हो यो ? वडा ३ का वडाध्यक्ष हनुमान मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤