ताजा समाचार

लक्ष्मीपुर पतारीको खात्ता रोका हुँदा कार्ययोजना अलपत्र

  • असार २०, २०७७
  • १९३४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

विजय यादव लहान, २० असार । लक्ष्मीपुर पतारीमा भएको कामकाजको रकम सार्वजनिक गर्न नेपाली काँग्रेस र नेकपाले माग गरेको छ । योसँगै नेपाली काँग्रेसबाट वडाध्यक्ष रहेका २ जना र नेकपाका वडाध्यक्ष एक जनाले समेत ग्रामिणस्तरको योजना काटखोट गरिएको लक्ष्मीपुर पतारी गाउँपालिकामाथी आरोप लगाएको छ । उनीहरुले गाउँसभाबाट सर्वसम्मतले पास भएका योजना तथा कार्यक्रमहरुलाई किर्ते विशेष गाउँसभा गरी वडामा दिएको योजना काटखोट गरेको आरोप छ । गाउँपालिका अध्यक्ष रामभल्व साहले आसेपासेलाई आयुर्वेद औषधालयमा कार्यरत कर्मचारीलाई अधिकृत बनाएर मनपरी काम गरिरहेको समेत उनीहरुको आरोप छ । ठेक्काबाट हुने कार्ययोजना समेत उपभोक्ता समितिबाट गराउँदै आएको छ भने झोलुगेँ पुल, रोड रोलर र ग्रेडर मेशिन खरिदको सूचना गोप्य राखेको छ । र, सूचना माग गर्दा जनप्रतिनिधिहरुलाई समेत नदिएको आरोप छ । कोरोना नियन्त्रणको लागि विनियोजित गरेको २ करोड ५० लाख रकममा प्रत्येक वडामा ३ लाख ५० हजार खर्च गरेको छ । दूई वटा क्वारेन्टाइन संचालनमा रहेपनि त्यसको खर्च रकम सार्वजनिक नगरेको आरोप छ । गाउँपालिकाका कर्मचारी र अध्यक्ष साहले घरबाटै कारोबार गर्दै आएको समेत आरोप छ । नयाँ आएका प्रशासकीय अधिकृत सुजितकुमार यादवलाई कामकाज गर्न नदिएको भन्दै खाता रोका गरेपनि निमित अधिकृत र लेखापालको मिलोमतोमा हालसम्म चेक काट्ने काम नरोकिएको वडाध्यक्ष राजेश्वर साहको दावी छ । पतारी पोखरीमा १ करोड १८ लाख निकासा गरी अधुरो काम गरेको नेकपाका देवनारायण साहले बताए । पतारी गाउँपालिकाले मनपद्री बजेट विनियोजित गरिएको आरोप लगाउँदै नेपाली काँग्रेसका चतुरानन्द ठाकुरले यहाँ भइरहेको अनियमितावारे जिल्ला प्रशासन सिरहा, अदालत, अख्तियारलगायत सरोकारवाला निकायमा उजुरी गरिएपनि हालसम्म कुनै कारवाही नभएकोले हामी आन्दोलनमा जानुपर्ने बाध्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤