ट्राफिक उल्लंघन गर्ने २५ हजार सबारी साधनलाई कार्बाही गर्छु : ट्राफिक प्रमुख श्याम महतो

  • असार १९, २०७७
  • १४३२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा ,१९ असार । लकडाउन अवधी भरीमा प्रदेश २ का आठ वटा जिल्लामा ट्राफीक नियम उल्लंघनका घटनामा बृद्धी भएको पाइएको छ । प्रदेश २ ट्राफीक प्रहरी कार्यालय पथ्लैया बाराले लकडाउन अवधीमा मात्रै ठुला र साना गरी २५ हजार सवारीका साधनहरुलाई कार्यवाही गरिएको जनाएको छ । प्रदेश २ को आठ वटा जिल्लामा ट्राफीक नियम उल्लंघनको घटनामा बृद्धी भएको ट्राफीक प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताउनु भयो । लकडाउन सुरु भएको ०७६ चैत्र ११ गते देखी ०७७ असार १६ गते सम्ममा मात्रै साना र ठुला गरी २५ हजार ९५ वटा सवारीका साधनहरुलाई गरिएको कार्यवाही बाट १ करोड ६५ लाख ५० हजार ५ सय रुपैया राजश्व संकलन भएको ट्राफीक प्रहरी उपरीक्षक महतोले बताए । यसै गरी चालु आर्थीक वर्षको ०७६÷०७७ मा असार १६ गते सम्मको तथ्यांक हेर्दा १ लाख ८० हजार १ सय ४३ वटा साना र ठुला सवारीका साधनहरुलाई गरिएको कार्यवाही बाट ११ करोड ४२ लाख १८ हजार ५ सय रुपैया राजश्व संकलन भएको ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिनु भयो । चालु आर्थीक वर्षको ०७६÷०७७ मा असार १६ गते सम्मको तथ्यांक हेर्दा साना र ठुला गरी १ हजार १ सय ७२ वटा सवारीहरु दुर्घटनामा परेका छन भने ४ सय ५ जनाले उक्त दुर्घटनामा परी ज्यान गुमाएका छन । लकडाउन अवधीको तिन महिनामा मात्रै दुई पांग्रे र चार पांग्रे गरी ३ सय ९६ वटा सवारीका साधनहरु दुर्घटनामा परेका छन भने ६६ जनाले ज्यान गुमाएका छन तथा २ सय ३८ जना गम्भीर घाइते भएको र २ सय ५९ जना समान्य घाईते भएका छन ।

ट्राफीक गतिविधि अन्तर्गत प्रदेश २ ट्राफीक प्रहरी कार्यालय मातहत रहेका ८ वटै जिल्ला ट्राफीक प्रहरी कार्यालयले लकडाउनको अवधीमा कोरोना भाइरस रोकथामका लागी अपनाउनु पर्ने सावधानी बारे ९ हजार ६४ जना सर्वसाधारणलाई जानकारी गराइएको ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिनु भयो । लकडाउनको प्रभावकारी कार्यान्वयनमा अधिकतम ट्राफीक प्रहरी परिचालन गर्न ७४ वटा चेकपोष्टमा ३ सय ८० जना जनशक्ति खटिरहेको जानकारी दिनु भयो । देशका विभिन्न ठाउहरुबाट आएका श्रमिक तथा यात्रुहरुलाई स्थानीय निकाय तथा प्रहरी ईकाईलार्ई सम्पर्क गरी ५ सय ९१ वटा गाडीको २१ हजार २ सय २५ जना मध्ये १४ हजार ४९ जना भारतीय नागरिक तथा ७ हजार १ सय ७६ जना नेपाली नागरिकलाई क्वारेन्टाईन राख्न आवश्यक समन्वय गरिएको ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिनु भयो । कोरोना कहरले लकडाउनको कारण रोकिएको ट्राफीक जनचेतना मुलक कार्यक्रमहरु पनि पुन विस्तारै संचालन गरिने जानकारी समेत दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

किर्ते जालसाजी मुद्द ...

रहमुल लहान  वैशाख ८।सिरहाको  नवराजपुर गाउँपालिका वडा नं. २ का  पूर्व निर्वाचित वडा अध ...

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१