ताजा समाचार

ट्राफिक उल्लंघन गर्ने २५ हजार सबारी साधनलाई कार्बाही गर्छु : ट्राफिक प्रमुख श्याम महतो

  • असार १९, २०७७
  • १६०८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहा ,१९ असार । लकडाउन अवधी भरीमा प्रदेश २ का आठ वटा जिल्लामा ट्राफीक नियम उल्लंघनका घटनामा बृद्धी भएको पाइएको छ । प्रदेश २ ट्राफीक प्रहरी कार्यालय पथ्लैया बाराले लकडाउन अवधीमा मात्रै ठुला र साना गरी २५ हजार सवारीका साधनहरुलाई कार्यवाही गरिएको जनाएको छ । प्रदेश २ को आठ वटा जिल्लामा ट्राफीक नियम उल्लंघनको घटनामा बृद्धी भएको ट्राफीक प्रहरी उपरीक्षक श्याम कुमार महतोले बताउनु भयो । लकडाउन सुरु भएको ०७६ चैत्र ११ गते देखी ०७७ असार १६ गते सम्ममा मात्रै साना र ठुला गरी २५ हजार ९५ वटा सवारीका साधनहरुलाई गरिएको कार्यवाही बाट १ करोड ६५ लाख ५० हजार ५ सय रुपैया राजश्व संकलन भएको ट्राफीक प्रहरी उपरीक्षक महतोले बताए । यसै गरी चालु आर्थीक वर्षको ०७६÷०७७ मा असार १६ गते सम्मको तथ्यांक हेर्दा १ लाख ८० हजार १ सय ४३ वटा साना र ठुला सवारीका साधनहरुलाई गरिएको कार्यवाही बाट ११ करोड ४२ लाख १८ हजार ५ सय रुपैया राजश्व संकलन भएको ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिनु भयो । चालु आर्थीक वर्षको ०७६÷०७७ मा असार १६ गते सम्मको तथ्यांक हेर्दा साना र ठुला गरी १ हजार १ सय ७२ वटा सवारीहरु दुर्घटनामा परेका छन भने ४ सय ५ जनाले उक्त दुर्घटनामा परी ज्यान गुमाएका छन । लकडाउन अवधीको तिन महिनामा मात्रै दुई पांग्रे र चार पांग्रे गरी ३ सय ९६ वटा सवारीका साधनहरु दुर्घटनामा परेका छन भने ६६ जनाले ज्यान गुमाएका छन तथा २ सय ३८ जना गम्भीर घाइते भएको र २ सय ५९ जना समान्य घाईते भएका छन ।

ट्राफीक गतिविधि अन्तर्गत प्रदेश २ ट्राफीक प्रहरी कार्यालय मातहत रहेका ८ वटै जिल्ला ट्राफीक प्रहरी कार्यालयले लकडाउनको अवधीमा कोरोना भाइरस रोकथामका लागी अपनाउनु पर्ने सावधानी बारे ९ हजार ६४ जना सर्वसाधारणलाई जानकारी गराइएको ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिनु भयो । लकडाउनको प्रभावकारी कार्यान्वयनमा अधिकतम ट्राफीक प्रहरी परिचालन गर्न ७४ वटा चेकपोष्टमा ३ सय ८० जना जनशक्ति खटिरहेको जानकारी दिनु भयो । देशका विभिन्न ठाउहरुबाट आएका श्रमिक तथा यात्रुहरुलाई स्थानीय निकाय तथा प्रहरी ईकाईलार्ई सम्पर्क गरी ५ सय ९१ वटा गाडीको २१ हजार २ सय २५ जना मध्ये १४ हजार ४९ जना भारतीय नागरिक तथा ७ हजार १ सय ७६ जना नेपाली नागरिकलाई क्वारेन्टाईन राख्न आवश्यक समन्वय गरिएको ट्राफीक प्रहरी उपरीक्षक महतोले जानकारी दिनु भयो । कोरोना कहरले लकडाउनको कारण रोकिएको ट्राफीक जनचेतना मुलक कार्यक्रमहरु पनि पुन विस्तारै संचालन गरिने जानकारी समेत दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤