ताजा समाचार

सिरहाको सखुवानन्कारट्टी गाउँपालिकामा करोडौंको लगानीमा पुल निर्माण

  • असार १६, २०७७
  • १४९१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १६ , आसार । सिरहाको सुखुवान्नकारकट्टी गाउँपालिकामा करोडौको लगानीमा पुल निर्माण भएको छ । ४ करोड ९२ लाखको कुल लागतमा पुल निर्माण भएको गाउँपालिका अध्यक्ष केदारनाथ यादबले जानकारी दिनुभयो । आ.ब. २०७४÷०७५ को अन्तिम तिर सम्झौता भएको सो योजनाको काम आ.ब. २०७५ ÷०७६ देखी संचालन भएको अध्यक्ष यादबले बताए । सम्झौता भएको निर्धारित समयमै योजनाको काम सम्पन्न हुने लक्ष्य राखिएको उनले दाबी गरे । गाउँपालिकाको सम्पुर्ण लगानीमा २५ मिटर लम्बाई र ७.२ मिटर चौडाई पुल निर्माण गर्न अजय बामती जेबी कन्ट्रक्शनले ठेक्का लिएको थियो । ठेक्का कम्पनी संग चालु आ.ब.को आसार २५ गते भित्र सम्झौता सम्पन्न गर्ने समय निर्धारण गरेको गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत राजिब झाले बताएका छन । पुल निर्माणको ५ प्रतिशत काम गर्न मात्र बाँकी रहेकोले ठेकेदारले जोरतोर रुपमा काम आगाडी बढाईरहेको भन्दै अध्यक्ष यादबले भने – अहिले बर्षाको समयमा सो रोडमा आम नागरिकलाई आबत जाबत गर्न कठीनाई भैरहेको छ , छिट्टै नै त्यो समस्या दिर्घकालिन रुपमा सामाधान हुनेछ ।’ हामी पहल गरिरहेका छै ।’ गाउँपालिका बासीलाई नआत्तिन उनले उनले आग्रह गरे । एक आ.ब. मा संचालन हुने बिकासीय बजेटको करिब ५० प्रतिशत रकम सो पुल निर्माणका लागी लगानी गरेको गाउँपालिका अध्यक्ष यादबले बताएका छन । पुल निर्माण भएपछी बथनाहा, बेतहा, मौवाही, महेशवारी, दिनाजपुर, मोतिपुर, मल्हनमा सितापुर , नबराजपुर गरी एक दर्जन भन्दा बढी गाउँका मानिसहरुलाई सुबिधा हुने भएको छ । त्यस्तै श्री जनता नमूना प्रबिधिक धार बिद्यालय मौवाहीमा अध्यननरत बिधार्थीहरुलाई पनी आबत जाबत गर्न सहज हुने एक जना बिधार्थी संजिद यादवले बताउनु भयो । सखुवान्नकारकट्टी गाउँपालिका वडा नम्बर – १ मा पर्ने पुल निर्माणाधिन रहेको ठाउँ कल्याणदही कटनिया नदी भनेर चिनिरहेको मैवाहीका बुढापाखाहरु बताउँछन । २५ हात गहिरो ठाउँमा पहिला मान्छे एक्लै जान समेत डर लाग्ने गरेको थियो । पुल निर्माण भैरहेको रहेको सो ठाउँमा किसानको जग्गा धेरै नै कटनीया नदिले कटान गरेको उनिहरुले बताए । बालुवा नै बालुवा टापु रहेको सो ठाउँमा पुल निर्माण भएपछी स्थानियहरु हर्षित भएको छ । सदियौ देखि कटनिया नदिले गर्दा सो गाउँका स्थानियहरु गन्तब्य सम्म पुग्न सास्ती भोग्नु परेको थियो । पुल निर्माण कार्य सम्पन्न भएपछी स्थानियहरुले एक ठाउँवाट अर्को ठाउँमा जान सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤