ताजा समाचार

तरुण दल जनकपुरधाम नगर समितिद्वारा विरोध र्याली प्रदर्शन

  • असार १३, २०७७
  • ९३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

असार १३ । तरुण दल जनकपुरधाम नगर समितिले शनिवार नागरिकता ऐन संशोधन विधेयक विरुद्ध विरोध र्याली प्रर्दशन गरेको छ । जनकपुरको जनक चोकबाट निस्केको सिटी जुलुश शिव चोक हुंदै भानु चोकमा गई कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै वतmाहरुले नागरिकता ऐन संशोधन बिधेयक खारेज गर्नुपर्ने मांग गरे । वतmाहरुले विधेयकले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा नकारात्मक असर पर्ने बताउंदै सात वर्षे प्रावधानले नेपाली बुहारीहरुमाथि अन्याय हुने कुरामा जोड दिए । उनीहरुले संशोधन विधेयकले नेपाली बुहारीहरुमाथि राजनीतिक, आर्थिक र सांस्कृतिक शोषण हुनुका साथै मानसिक रुपमा प्रताडित हुने टिप्पणी गरे । तरुण दल जनकपुरधाम नगर समितिका सभापति पंकज महतोको अगुवाईमा भएको सो कोण सभामा आशुतोष झा नविन , सुभाष पाठक , ममता महतो , बिनय यादव , कपिलदेव यादव , संजिव यादव , संजय कर्ण , उदित मिश्र लगायतका वतmाहरुले आ—आफनो धारणा राखेका थिए । सभाको संचालन तरुण दल धनुषा उपसभापति राकेशबिक्रम साहले गरेका थिए । सिटी जुलुशमा तरुण दल धनुषाका संस्थापक सभापति ललन चौधरी , उपसभापति शम्भुनाथ झा , तरुण दल धनुषाका कोषाध्यक्ष अन्जनी झा(मन्ना) सहितका व्यतिmहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤