ताजा समाचार

सुर्या लाईफ इन्स्योरेन्स लहान सखाको अभिकर्ता पुनः र्ताजगी तालिम सम्पन्न

  • असार १२, २०७७
  • १२२२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १२ असार - सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित अबस्थित रहेको सुर्या लाईफ इन्स्योरेन्स लहान सखाले एक दिने अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । अभिकरताहरुलाई स्वस्फूर्त गर्न , हौसला र बनोबल बढाउने उदेश्य र अभिप्रायले यो तालिम संचालन गरेको हो। सिरहा सप्तरीका २० जना सहभागीहरुको तालिममा उपस्थिति रहेको थियो। तालिममा सुर्या लाईफ इन्स्योरेन्स लहान सखाको प्रमुख चंदन कुमार गुप्ताले तालिमको सहजीकरण गर्नु भएको थियो । नेपालमा बिमाको बिकास बि.सं. २००४ सालमा मालचलानी तथा बिमा कम्पनी नामक कम्पनी बाट सुरुवात भएको हो। बिश्वमा ब्यापारको संगसंगै ब्यापारमा हुनसक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गरी आर्थिक क्षतिबाट सुनिश्चित हुन बिमाको बिकास भएको हुन्। बिमाको संस्थागत बिकास सन् १६६६ मा लन्डनबाट भएका छन्। नेपाल सरकारले बि. सं. २०२५ सालमा बिमा ब्यबसायलाई ब्यबस्थित ,बिकसित नियमित र नियंत्रित गर्न बिमा ऐन २०२५ जारी गरेको थियो। हाल बिमा ऐन २०४९ अन्तर्गत कार्य गरेका हुन्। नेपालमा बिमा सम्बन्धि ब्यबसाय गर्ने १९ वटा कम्पनी संचालनमा रहेका छन्। भने निर्जिवन बिमा कम्पनीहरु रहेका छन् । जसमध्ये सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड वि.सं.२०६४ साल चैत ६ मा कम्पनी ऐन २०६३ र बिमा ऐन ,२०४९ बमोजिम दर्ता भई जिबन बिमा कम्पनीको रूपमा कार्य गर्दै आएका सुर्या लाईफ इन्स्योरेन्समा कार्यरत कनिष्ठ सहाय प्रबिन चौधरीले जानकारी दिनु भयो। बेला बेलामा इन्स्योरेन्सले ग्राहक बर्गको लागि विभिन्न किसिमको पोलिसी र एस्किमहरु ल्याउने गरेको लहान सखाको कार्यालय प्रमुख चंदन गुप्ताले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤