क्वारेन्टाइन विपक्षमा गुमस्ता पुगे अदालत

  • असार ११, २०७७
  • १५०३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

विजय यादव उच्च अदालत जनकपुर, राजविराज इजलासमा प्रदेश २ सरकारविरुद्ध मुद्दा दायर भएको छ । सुखिपुर नगरपालिका ३ का गुमस्ता कुमार यादव ले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश नम्बर २ जनकपुर धाम धनुषा , जिल्ला प्रशासन कार्यालय सिराहा , जिल्ला प्रशासन कार्यालय सप्तरी दुई जिल्लाका ७ स्थानीय तहलाई विपक्षी बनाइ मुद्दा दायर गरेका हुन् । विपक्षीले मापदण्डअनुसार क्‍वारेन्टाइन सञ्चालन नभएको विषय उल्लेख गरी परमादेश माग गर्दै मुद्दा दायर गरेका छन् । विपक्षी बनाई मुद्दा दायर भएका स्थानीय तहमा सिराहा को सुखिपुर नगरपालिका, लाहान नगरपालिका,धनगढीमाई नगरपालिका, बरियार्पट्ती गाउँपालिका नवराजपुर गाउँपालिका उक्त मुद्दामा नेपालको संविधानको धारा १४४ (१) र (२) बमोजिम परामादेश प्रतिषेध लगायत आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरी पाऊ भन्ने माग गरिएको छ ।

मुद्दामा विपक्षी बनाइएकाहरुबाट कोरोना भाइरससम्बन्धी क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरीतका कार्य गरिएको र गराइएको उल्लेख छ । त्यसैगरी क्‍वारेन्टाइन सञ्चालनका क्रममा संविधानले नागरिकलाई दिएका कतिपय मौलिक हकहरु उल्लघंन गरेको उल्लेख छ । तर प्रदेश २ सरकारले भने कोभिड १९ विरुद्धको कामकारबाहीमा कुनै पनि कसर बाँकी नराखी काम गरिरहेको बताउँदै आएको छ । जब कि नेपालको सबै भन्दा बढी सन्क्र्मित प्रदेश न. २ मै छ्न !
उच्च अदालत जनकपुर, राजविराज इजलासले मुद्दाको सुनुवाइका गरि असार 10 गते आदेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस

जसपा नेपालको भूमि वि ...

ओम प्रकाश यादव लहान भदौ ७ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरका ...

मिथिला सामुदायिक सिक ...

ओम प्रकाश यादव लहान, ७ भदौ। सिरहा जिल्लाको लहान नगरपालिका–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई ...

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१