Siraha Times
ताजा समाचार

बहुमतको आडमा लहान नगरपालिकाले नगरसभा गरेको भन्दै नेपाली काङ्ग्रेस द्वारा बहिष्कार

  • असार १०, २०७७
  • १८९८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान १० , आसार । लहान नगरपालिकाले आगामी आ.ब.का गरेको छैटौ नगर सभामा नेपाली कांग्रेसले असहमती जनाएको छ । पटक पटक नगरपालिकाले बहुमतको आडमा नगरसभा गरेको भन्दै उनिहरुले आगामी आबमा संचालन हुने योजनाहरुको लागि आज गरिएको नगरसभामा असहमती जनाएका हुन । जनताको भेलाबाट वडा स्तरीय योजना छनौट नगरेको , वडामा असमान बजेट बाँडफाड , नेकपा भएको वडाका साथै मेयरको कुरा मान्ने वडाहरुमा बढी बजेट बिनियोजन गरेको भन्दै सभा बहिस्कार गरेको लहान नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष अरुण केसीले बताएका छन । अध्यक्ष केसीले – भने नगरपालिकाले लक्षितवर्गको कर्यक्रमहरु आफने हिसाबले संचालन गरिरहेको बताए ।

 

वडामा हुने सिफारिस लगायत , सरसफाई दस्तुरहरुमा कर कम गर्नु पर्ने भन्दै नगरभित्र रहेका अधिकांस वडाहरु गाउँ केन्द्रित भएकोले नगरपालिकाले गाउँबाट सरसफाई कर उठाईरहेको र गाउँका वडाहरुमा सरसफाई नगरिरहेको वडा नम्बर –१५ का वडा अध्यक्ष तेज नारायण चौधरीले बताउनुभयो । हामी पटक पटक यी बिषयमा मेयरको ध्यानाअकर्षण गराएका थियौं ’ तर नगरपालिकाका मेयरले यो नगर सभामा पनी यि बिषयहरुमा सुनवाई नगरेका कारण बाध्य भएर हामी नगर– सभा बहिष्कार गर्ने निर्णयमा पुगेको वडा अध्यक्ष चौधरीले बताए । भौगोलिक बनाबट , वडाबाट संङ्कलित करका साथै जनसंख्याको आधारमा बजेट बिनियोजन गर्न नगरपालिकालाई पटक पटक आग्रह गर्दा समेत मेयरले अटेरी गरिरहेको नेपाली कांगे्रसका नगर सभापती सुनिल महतोको आरोप रहेको छ ।

 

आज नेपाली कांग्रेसले नगर क्षेत्रमा बिरोध प्रर्दशन समेत गरेका थिए । लहान नगरपालिकाको २४ वडा मध्ये ९ वटा वडामा नेपाली काग्रेसले बिजय हासिल गरेको छ भने ४ वटा वडामा पुर्ब संघिय सामाजबादी फोरम , २ वटा मा पुर्व नेकपा माओबादी , र ९ वडामा एमालेले जित हासिल गरेको छ । लहान नगरपालिकाको कार्यपालिकामा नेकपाको बहुमत रहेको छ भने यो नगरसभामा हाल जनता समाजबादी पार्टीले सहमती जनाएको स्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१