नागरिकता विधेयकविरुद्ध लहानमा प्रदर्शन

  • असार १०, २०७७
  • १२२३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

प्रदिप सिंह लहान, १० असार । जनता समाजवादी पार्टी लहान नगरसमितिले सरकारले ल्याउन लागेको बैवाहिक अङ्गीकृत नागरिता विधेयक विरुद्ध प्रदर्शन गरेको छ । समितिले सरकारले मधेशी समुदायलाई लक्षित गरी बर्षौदेखि रहि आएको भारतसंगको रोटी वेटीको सम्बन्धलाई सकाउन यस्तो विधेयक ल्याउन लागेको भन्दै यसको विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।जनता समाजवादी पार्टी लहान नगर समितिको आयोजनामा भएको विरोध कार्यक्रममा युवा नेता रामचरित्र महतोले सरकारले ल्याएको विधेयकले अन्य मुलुकमा विवाह गरी नेपालमा बुहारी बनाउँदा नागरिकताका लागि ७ बर्ष कुर्नु पर्ने बाध्यकारी विधेयक ल्याउन लागेकोले सो विधेयकको विरुद्ध जनता समाजवादी पार्टीले निरन्तर प्रदर्शन गर्ने बताए ।

सरकारले ल्याउन लागेको विधेयकले मधेशी समुदायलाई पछाडि पार्न खोजिएकोले सो विधेयक खारेज नहुदाँसम्म आन्दोलन गरिरहने अर्का युवा नेता मनोज यादवले बताए । जनता समाजवादी पार्टीका सिरहा क्षेत्र १ का क्षेत्रीय अध्यक्ष भारती गुप्ताले विधेयक आफ्नो पार्टीलाई कदापी स्वीकार्य नहुने र सरकारले जर्वजस्ती यो विधेयक ल्याए देशमा ठूलो आन्दोलन हुने । यसको लागि महिला मधेशी सडकमा उत्रिन बाध्य पारेको बताइन् । जनता समाजबादीका क्षेत्र १ प्रदेश क’ का अध्यक्ष मुरारी साहले एउटा समुदायको परम्परादेखि चलिआएको संस्कारलाई कुल्चाउन सरकारले बैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न ७ बर्ष कुर्नु पर्ने विधेयक ल्याउने तयारीमा रहेकोले सो विधेयक विरुद्ध अझै शशक्त आन्दोलन गर्ने बताए । लहान नगर समितिका वरिष्ठ उपाध्यक्ष बलिराम यादवले सरकारले पटक पटक मधेशीमाथि अन्याय गर्दै आएकोले अब सहेर नबस्ने बताए । तसर्थ सरकारले ल्याउन लागेको विधेयक तत्काल खारेज गर्नुपर्ने यादवले माग गरे ।

जनता समाजवादी पाटीका लहान नगर समितिका सचिव जयप्रकाश यादवका सभाध्यक्षतामा भएको सो कोणसभामा सचिव यादवले विधेयक सच्चाउनु सत्ता पक्षसगँ माग गरे । नेकपा सरकारले आफु अनुकुल नागरिकको विषयमा निर्णय गर्नु रोटी वेटी बीचको सम्बन्धलाई तोडने कार्य भएको बताए । उक्त कार्यक्रममा मेयर प्रत्यासी बैद्यनाथ साह, शितल साह, गोपाल गुप्ता, प्रदीप यादव, धनेश्वर यादव, विमला महथा, रन्जीता मण्डल, सुरेश साह, विजय यादवलगायत जनता समाजवादी पाटीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१