ताजा समाचार

लागुऔषधसहित एक पक्राउ

  • असार ७, २०७७
  • १३३४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिराहामा प्रतिबन्धित लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । सिराहा नगरपालिका– १५ माडरमा प्रतिबन्धित लागुऔषधसहित युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका– १७ का २१ वर्षीय विक्कीकुमार कारक रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । कारकले माडरमा सञ्चालन गर्दै आएको मोटरसाइकल वर्कसपमा राखिएको मोटरसाइकलको डिक्कीवाट प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसी सय एमएलका ४४ बोतल, फेनारसेल सय एमएलका तीन बाेतल, सिपलिन सय एमएलका १३ बोतल बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित कारकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ । माडर सिराहाको दक्षिणी सीमावर्ती बजार हो ।

 

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤