ताजा समाचार

ब्यापक चर्चामा रहेको जोडीलाई सराहनीय काम गरेको भन्दै युवाहरुदुवारा सम्मानित

  • असार ७, २०७७
  • १०१४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ७ असार - सिरहाको लहानमा युथ एकटिभ्स नामको युवाहरुको एक संग गठनले महेश चौधरी र संगिता कर्माचार्यको जोडीलाई सम्मान गरेको छ । युथ एकटिभ्स कलबका अध्यक्ष नरेश जंग साह र गौरब साहको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि राहत अभियान्ता महेश चौधरी रहनु भएको थियो भन्ने विशिष्ट अतिथिमा नेपाल महिला संघकी केन्द्रिय सदस्य संगिता कर्माचार्य रहेका थिए । अर्को विशिष्ट अतिथि मा नेपाल विद्यार्थी संघका पुर्ब सह महामन्त्री प्रमेश्वर साहले अभियान्ता जोडीलाई राम्रो कामको प्रसंशा गर्दै धन्यवाद दिएका थिए । अतिथिहरुमा नेपाल विद्यार्थी संघका जिल्ला सभापति मो. मुस्ताक ,रहनु भएको थियो भन्ने कार्यक्रम संचालन युवा नेता संजय यादवले गरेका थिए । एक युवा नेता ले मन्तब्यकै क्रममा भने जहाँ पुगदैन नगर त्यहाँ पुगछ्न म.स जोडी उनले बताए । कार्यक्रममा नेपाल नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताको समेत उपस्तिथि रहेको समाज सेबि महेश्वरी चौधरीले बताउनु भयो । लकडाउनको मारमा परेका र रोजगारी गुमाएका मजदुर र बिपन्न परिवारको अभिवाको जिम्मेवारी झैँ समस्या टाल्दै आएको महेश र संगीताको जोडीलाई एक कार्यक्रम बीच सम्मान गरेको छ । चैत ११ गते देखी नेपाल भरि लकडाउन भएको तिन महिनाको अबधिमा आफ्नो ज्यानको प्रवाह नगरी निरन्तर गरिब ,बिपन्न परिवारको घर- घरमा गई दिन दुखीहरुको समस्या बुझन गाउँ- गाउँ पुगेका थिए। लहान नगर पालिकाका २४ सै वडाका,एकल महिलाक्क,असाहाई ,वृद्धहरुको सहारा बन्दै आएका थिए । बिश्वमाहामारीको रूपमा फैलिरहेको कोरोना भाईरस कोभीड १९ को माहामारीबाट ज्याला मजदुरी गुमाएका विभिन्न परिवारलाई सहारा बन्दै गरेका हुन् । बिगत तिन महिना देखि निरन्तर अन्नदान दान गर्न दिन चर्या नै बनाएका छन्। नेपाली काङ्ग्रेसका माहांसमिती सदस्य तथा युवा नेता महेश चौधरी र नेपाल महिला संघ की केन्द्रिय सदस्य संगीता कर्माचार्यले गर्भवती महिलाहरुका लागि पौष्टिक आहारको ब्यस्थामिलाएका छन् । निरन्तर ब्यक्ती गत रूपमा राहत सहयोग गरेका समाज सेबि महेश र संगिता की जोडीले समाजका ऐना बनेका हुन । कुनै पार्टीको पक्षपात नगरी समस्याबाट ग्रसित भएका परिवार प्रति भाबुक बनेका हुन् । चौधरी र कर्माचार्यको नाउँ चर्चामा आएको छ । यस्तो माहामारीमा राहत बाडन पछाडी नहटने वहाँले बताउनु भयो । अहिले सम्म सरकारले गर्न नसक्ने काम यि दुई जोडीले गरेको छ् । राहत बाडन जादा उनिहरुको काम हेरे समाजले गाउँ - गाउँ र टोलमा जहाँ गए तेहि सम्मानित भएर घर फर्किन्छ । यि जोडीलाई सबैले धन्यवाद दिन्छ । लकडाउन खुकुलो भए पनि आपत बिपतमा परेकाहरुको लागी सहयोग गर्न कहिले पछाडि न हटने श्रीमान ,श्रीमतीले प्रतिबध हुनु भयो ।हामी दुई जना श्रीमान र श्रीमतीले बाचुन जेल सम्म मानब सेवा मै बेतित हुन्छौं बताए ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤