ताजा समाचार

आईओएममा शाहको नियुक्तिप्रति त्रिवि प्राध्यापक संघको आपत्ति

  • असार ५, २०७७
  • १४७० पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानको डीनलगायत विभिन्न निकायहरूमा गरेको नयाँ नियुक्तिप्रति त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ । सरकारले वरीयता मिचेर गरेको नियुक्तिले विश्वविद्यालयको गरिमामा आँच पुर्‍याएको भन्दै आपत्ति जनाएको हो ।

बुधबार त्रिभुवन विश्वविद्यालयको कार्यकारिणी परिषद्ले संस्थानको डीनमा वरीयता मिचेर डा दिव्या सिंह शाहलाई नियुक्त गरेको थियो । सो नियुक्तिबारे विरोध भइरहेको छ ।

शुक्रबार संघका सभापति डा वसन्त ढकाल र महासचिव केशवप्रसाद शर्माद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा सो नियुक्तिप्रति ध्यानाकर्षण जनाइएको छ ।

संघले सो नियुक्तिले प्राध्यापक संघ र पदाधिकारीहरूबीच भएका बैठक तथा सम्वादहरूमा पटकपटक वरिष्ठता र पूर्ण कार्यकालको मापदण्डलाई कडाइका साथ लागु गरिनेछ भन्ने सहमतिको उल्लङ्घन भएको आरोप लगाएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा यस्ता खालका गम्भीर त्रुटिले निरन्तरता पाउँदै जाने हो भने विश्वविद्यालयको गरिमा र यसभित्र कार्यरत प्राध्यापकहरूको मनोबल घट्न गई प्राध्यापन क्षेत्रकै मानमर्दन हुन सक्ने चेतावनी समेत संघले दिएको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤