आईओएममा शाहको नियुक्तिप्रति त्रिवि प्राध्यापक संघको आपत्ति

  • असार ५, २०७७
  • १३५३ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थानको डीनलगायत विभिन्न निकायहरूमा गरेको नयाँ नियुक्तिप्रति त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले आपत्ति जनाएको छ । सरकारले वरीयता मिचेर गरेको नियुक्तिले विश्वविद्यालयको गरिमामा आँच पुर्‍याएको भन्दै आपत्ति जनाएको हो ।

बुधबार त्रिभुवन विश्वविद्यालयको कार्यकारिणी परिषद्ले संस्थानको डीनमा वरीयता मिचेर डा दिव्या सिंह शाहलाई नियुक्त गरेको थियो । सो नियुक्तिबारे विरोध भइरहेको छ ।

शुक्रबार संघका सभापति डा वसन्त ढकाल र महासचिव केशवप्रसाद शर्माद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा सो नियुक्तिप्रति ध्यानाकर्षण जनाइएको छ ।

संघले सो नियुक्तिले प्राध्यापक संघ र पदाधिकारीहरूबीच भएका बैठक तथा सम्वादहरूमा पटकपटक वरिष्ठता र पूर्ण कार्यकालको मापदण्डलाई कडाइका साथ लागु गरिनेछ भन्ने सहमतिको उल्लङ्घन भएको आरोप लगाएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा यस्ता खालका गम्भीर त्रुटिले निरन्तरता पाउँदै जाने हो भने विश्वविद्यालयको गरिमा र यसभित्र कार्यरत प्राध्यापकहरूको मनोबल घट्न गई प्राध्यापन क्षेत्रकै मानमर्दन हुन सक्ने चेतावनी समेत संघले दिएको छ ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशको अस्मित ...

कार्तिक २४ । ‎मधेश प्रदेशमा संविधान र संघीयताको भावना विपरीत गैरसंवैधानिक कदम चालिएको भन्दै जनता ...

जिल्ला जनस्वास्थ्य क ...

रहमुल लहान, २४ कात्तिक । जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले आ.व. २०८१/८२ को वार्षिक समीक्षा गोष्ठी ...

सखुवानन्कारकट्टीमा ए ...

रहमुल लहान कात्तिक २३ । “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ नेपाल कम्युनिस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१