ताजा समाचार

सिरहाको मुख्य नाका ठाड़ीबाट भारत प्रवेश गर्न लागेकी सांसद सरिता गिरीलाई सुरक्षाकर्मीले फर्काए

  • असार २, २०७७
  • १३१६ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २ असार - सांसद तथा पार्टीबाट निष्कासन गरिएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई भारत प्रवेशमा रोक लगाईएको छ । उनी मंगलवार सिरहाको ठाड़ी नाका हुँदै भारत प्रवेश गर्न खोज्दा उनलाई नाका नजिकै रोकिएको छ ।सिमा सुरक्षामा खटीएका नेपाली सुरक्षाकर्मीले भारत प्रवेश गर्नबाट रोकेर लगाउँदै नेपाल तर्फ फर्काइदिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिमा सुरक्षामा खटीएका सुरक्षा स्रोतका अनुसार भारत तर्फ प्रवेश गर्न गिरीले निकै प्रयास गरेपनि सफल नभएपछि लाहानतर्फ फर्किएकी थिइन् ।

चालक र गाडीसहित गिरी मंगलवार दिउँसो तीन बजे सिराहाको मुख्य नाका ठाड़ीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा अनुमति रहेको भन्दै सुरक्षाकर्मीले फर्काएको थियो । गिरीको ससुराली घर सिरहाको लहान नगरपालिका १४ स्थित बस्तीपुरमा रहेको र माइती घर भारत तर्फ रहेको छ। गिरी नाकामा रोकिएपछि लाहान फर्किएकी थिइन् ।

नेपालको नयाँ नक्शासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् । उनले प्रस्तावबारे मतदान पनि गरिनन् । गिरीले लिपुलेक नेपालको होइन भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन् । यसरी राष्ट्रघाती अभिव्यक्ति दिइएको भन्दै सांसद तथा जनता समाजवादी पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गरिएको श्रोतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤