सिरहाको मुख्य नाका ठाड़ीबाट भारत प्रवेश गर्न लागेकी सांसद सरिता गिरीलाई सुरक्षाकर्मीले फर्काए

  • असार २, २०७७
  • १२१५ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २ असार - सांसद तथा पार्टीबाट निष्कासन गरिएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई भारत प्रवेशमा रोक लगाईएको छ । उनी मंगलवार सिरहाको ठाड़ी नाका हुँदै भारत प्रवेश गर्न खोज्दा उनलाई नाका नजिकै रोकिएको छ ।सिमा सुरक्षामा खटीएका नेपाली सुरक्षाकर्मीले भारत प्रवेश गर्नबाट रोकेर लगाउँदै नेपाल तर्फ फर्काइदिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिमा सुरक्षामा खटीएका सुरक्षा स्रोतका अनुसार भारत तर्फ प्रवेश गर्न गिरीले निकै प्रयास गरेपनि सफल नभएपछि लाहानतर्फ फर्किएकी थिइन् ।

चालक र गाडीसहित गिरी मंगलवार दिउँसो तीन बजे सिराहाको मुख्य नाका ठाड़ीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा अनुमति रहेको भन्दै सुरक्षाकर्मीले फर्काएको थियो । गिरीको ससुराली घर सिरहाको लहान नगरपालिका १४ स्थित बस्तीपुरमा रहेको र माइती घर भारत तर्फ रहेको छ। गिरी नाकामा रोकिएपछि लाहान फर्किएकी थिइन् ।

नेपालको नयाँ नक्शासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् । उनले प्रस्तावबारे मतदान पनि गरिनन् । गिरीले लिपुलेक नेपालको होइन भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन् । यसरी राष्ट्रघाती अभिव्यक्ति दिइएको भन्दै सांसद तथा जनता समाजवादी पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गरिएको श्रोतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१