ताजा समाचार

सुकुम्बासी बस्तीमा अन्नका लागि त्राहिमान अन्नदाता चौधरी र कर्माचार्यको ब्यापक चर्चा

  • असार १, २०७७
  • १६७७ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १ असार । सिरहाको लहान नगर पालिका वडा नम्बर १३ ,२४ पकिटोल सुकुम्बासी बस्तीमा राहत दिन महेश र संगीता की जोडीले दोस्रो पल्ट पुगेका छन् । जेठ ११ गते देखी नेपालमा देश ब्यापी रूपमा सरकारले लकडाउन गरे का हुन् । बिश्व माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको जोखिमबाट सुर्छित रहन नेपालमा लकडाउन गरेको हो । पकिटोलमा करिब एक सय घर धुरीको सुकुम्बासी सदा मुसहर , बिश्वक्रमा ,परियार ,पासमानहरुको बस्तीरहेका छ्न । उक्त दलित बस्ती लहान नगर पालिकाको ऐलानी जग्गामा पुस्तै ,पुस्ता देखि दलितहरुले बसोबास गर्दै आएका हुन। उक्त बस्तीमा सबै ज्याला मजदुरी गर्ने मजदुरहरुको बस्ती रहेको नमुना बस्ती भनिने छिनिन्छ । नेपालमा बन्दाबन्दी भएको तिन महिना बितिसक्यो । स्थानीय सरकारले ३ महिनाको अब्धिमा एक पल्ट मात्र राहत दिएका थिए । बिपन्न बस्तीमा मजदुरको बिच्ली भएका हुन् । ज्याला मजदुरी गर्ने मजदुरहरु गाउँका जमिन्दारको मा गएर ऋणकर्जा गरेर आफनो दैनिक छाक टार्छ्न । नेपाल सरकार नितिनियम र कानुन मात्र बनाउन छन् तर त्यो कानुन पाल्ना हुँदै एक पीडितले बताए । लहान नगरपालिका वडा नम्बर १३ र २४ का सुकुम्बासी बस्तीमा दोस्रो पल्ट ४२ घर धुरीलाई प्रति घर धुरी १० किलो चमाल,१ पोका खाने तेल, १ प्याकेट नून वितरण गरेका हुन् । नेपाली काग्रेसका युवा नेता तथा महासमिति सदस्य महेश चौधरी र नेपाल महिला संघ का केन्द्रीय सदस्य संगीता कर्माचार्य निरन्तर तिन महिना देखि राहत वितरण गर्दै आएका हुन्। राहत दिन पुगेका अभियान्ता जोड़ी लाई स्म्मान स्वरुप मजदुरहरुले फूलका माला लगाई स्वागत गरेका थिए ।अभियान्ता चौधरीलाई यस्तो समाजिक काम गरेको हेरिरहदा बिभिन्न संघ संस्था र मनकारी युवाहरुले खाध्यान सामग्री उपलब्ध गराउदै आएका हुन्। सहयोगका लागि चौधरी ईन्टर प्राईजेका संचालक अनिल चौधरी, पशुपति सिंह र एपोलो ॐ बोर्डिङ स्कुल लहानले राहतका लागि निरन्तर आर्थिक सहयोग गर्दै आएका छन्। उक्त बस्तीमा खाने पानीका समेत समस्या रहेका छन्। खानेपानीका लागी चौधरी र कर्माचार्यले ईनारका लागि समेत पहल गरिसकेको छ । पत्रकार धर्मेन्द्र पासमानका विशेष आग्रहमा राहत लिएर दोस्रो पल्ट पकिटोल पुगेका थिए । समाजिक दुरि कायम गरी राहत वितरण गरेका सहयोगि तथा समाज सेबि महेश्वरी चौधरीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤