ताजा समाचार

सिरहामा बिभत्य हत्या भएको लास झुन्डिएको अबस्थामा फेला

  • जेठ ३०, २०७७
  • ५९३१ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा ३० जेठ - सिरहाको नबराजपुर गाउँ पालिका २ मझौरागाउँमा बिहिवार एक युबतीको सब झुन्डिएको अबस्थामा फेला परेको छ् । नबराजपुर गाउँ पालिका वडा २ बस्ने राम ओतार महतोको अन्दाजी १६ वर्षिय छोरी अनिता कुमारी महतो की सब स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको अबस्थामा भेटिएको छ । बुधबार राती १२ बजे तिर घर बाट निस्केको युबती बिहान सम्म घर न फर्किदा आमा ,बुवा छर छिमेक को घरमा खोजदै आफन्तको घरमा गएको छ कि पतालगाउन निस्केको बुवा ,छोरी खोजन गाउँ- गाउँ पुगेका थिए । अनिता गाउँका केटाहरुसंग केहि महिना अगाडि देखी पल्केका जानकारी उनकी साथीहरूले बताउनु भयो । आमा प्रमिला देबि महतो र बुवा राम ओतार महतोको भनाई अनुसार आफ्नो छोरी गाउँका केटाहरु संग अनितिक शारीरिक सम्बन्ध र पल्केको छ भने आफुलाई केहि थाहा नभएको ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका इन्स्पेकटर अरबिन कुमार साह समक्ष ब्यान घटना स्थलमा दिईएका थिए । छोरी हराको जानकारी दिन सिमा प्रहरी चौकी झाझ पटि पुगिन लागदा फोन मार्फद घर आउन जानकारी पाए। वडा नम्बर २ का अध्यक्ष खुशिला ल साहलाई गोप्य सुचना आएको एक जना युबतिको शव स्थानीय लक्ष्मी कामैतको आंपको बगैंचामा झुन्डिएको छ भने सुचना पाए लगतै प्रहरीलाई खबर गरेका थिए । सिमा प्रहरी चौकी झाझपटि र ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीबाट प्रहरीको टोलिले घटना स्थल पुगेका थिए । सब हेर्न गाउँका सयौं मानिसहरुको घुईचो रहेको थियोे । सबको प्रकृति हेर्दा कसैले मारेर आंपको रुखमा झुन्डियाईएको देखिन्छ । बुवा महतोको भनाई अनुसार छोरी अनिता लाई कसैले हत्या गरेर झुन्डियाई दिएको महतोको भनाई छ । गाउँकै केटाहरुले हत्या गरेको परिवारजनको आशंका रहेको छ् । गाउँका पाँच जना केटाहरुको नाउँ खुल्नमा आएको मोबाइलमा गरेको कुराकानीको भोवाईस रेकर्ड प्रमान समेत फेला परेको उनको आफन्तले पत्रकार लाई जानकारी बताउनु भयो । हत्या कस्ले गरेको छ भने अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सुचना प्रबक्ता बिनोद घिमिरेले जानकारी दिनु भयो । सब वडा अध्यक्ष खुशी लाल साह , गाउँका बुद्धिजिबि , पत्रकार महेश सिंह को रोहबरमा सबलाई पोस्टम्यारटमको लागि लहान अस्पतालमा पठाईएको प्रहरीले जानकारी दिनु भयो सब लाई लहान अस्पतालको सब गृहमा राखिएको छ । सब पोस्टम्यारटम पछी परिवारको जिम्मा लगाउने प्रहरीले जानकारी दिनु भयो । हाम्रो समाजमा चेलीबेटी माथी यस्तो घटना पुनः नहोस भनेन दोसिलाई कार्बाहिको माग गरेको छ । हाम्रो समाजमा महिला माथी भइरहेको हिंसा र बिकृती कहिले अन्त हुन्छ भन्ने गाउँका एक बुद्धिजिबिले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤