वडामा संचालित योजनाका कामहरु पारदर्शि नभएको भन्दै : पत्रकार सम्मेलन

  • जेठ २९, २०७७
  • १५९६ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २९ , जेठ । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ५ मा आ.ब. २०७५ ÷०७६ र ०७६ ÷०७७ मा संचालित केहि योजनाहरुको काम पारदर्शी नभएको भन्दै पत्रकार सम्मेलन गरेका छ्न । समाजसेबी तथा स्थानिय राम उमेश यादब, जसपाका जिल्ला सदस्य एवम स्थानिय प्रदिप कुमार दनुवारले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका थिए । वडा नम्बर – ५ का वडा अध्यक्ष रामजतन कामत र वडा सदस्य महाबती मण्डलको मिलोमत्तोमा सो वडाको सार्बजनिक जग्गामा वडा सदस्य मण्डलकै घर नजिक गैरकानुनी तवरले बिच रोडमै सार्बजनिक दलित दलान निर्माण भएको स्थानियबासी रामउमेश यादबले बताएका छन् । उनले भने – सो भवनमा अहिले छत ढलान कार्यका लागी यस आ.ब.मा नगरपालिकाले २ लाख बजेट बिनियोजन गरेको छ , सो भवन रोड मै निर्माण भैरहेकोले सो कामको रोक्का मैले गराएको छु , यो पुरै गैरकानुनी हो । ’ सम्मेलनमा बोल्दै यादबले वडा नम्बर – ५ मा स्वास्थ्य चौकी निमाणका लागी ५ लाख रुपैया बजेट बिनीयोजन गरेको छ । सो कार्य गर्न वडा अध्यक्ष कामत र नगरपालिकाले भ्रष्टाचार गर्ने नियतिले रातारात उपभोक्ता समिति बनाएको उनले आरोप लागए । मैले सुचना पाउन नगरपालिकामा निबेदन दर्ता गराएको छु ।’ तर पनि मलाई कुनै किसिमको निबेदनको जवाफ मेयरले नदिएको र काम संचालन गरेको यादबले गुनासो गरे । वडामा भैहरहेको कतिपय योजनाका कामहरु मनोमानी तबरका साथै भ्रष्टाचार गर्ने नियतीले संचालन भैरहेको उनको कथन रहेको थियो । वड नम्बर ५ मै माननिय सांसद सुरेशचन्द्र दासको सांसदिय बिकास कोषबाट कृषि सडकका लागी १० लाख बजेट बिनियोजन गरेको छ । रोड बिकास गर्नु जरुरी छ’ तर कुनै पनि किसान र समाजसंग अनुमती नलिई कृषी सडक निर्माण गरीएको हो ।’ सामाजिक भेला समेत नगराई बहुमतको आडमा समिति बनाएर काम संचालन गरेको यादबले बताए । सरकारी अमिन , समाज , स्थानिय किसान जग्गाधनीको रोहबरमा छलफलै नगरी मनोमानी तरिकाले काम संचालन गरिएकोे हो ।’ नेपालको संबिधानमा सुचनाको हक सम्बन्धी कानुनको ब्यबस्था रहेपनी आज सम्म मलाई कुनै किसिमको सुचना नगरपालिकाले नदिएको यादबले दुखेसो पोखे । आधिकारिक रुपमा मैले नगरपालिकामा सुचना पाउन निबेदन दर्ता गराएको छु यादबले भने । सर्बदलीय छलफलको आधारमा नगरपालिकाले कुनै पनि बिकासका गतिबिधिहरु समुदाय स्तरमा संचालन नगरिरहेको जसपाका नेता प्रदिप कुमार दनुवारले आरोप लगाउनु भयो । बहुमतको आडमा धनगढीमाई नगरपालिका नगरप्रमुखले गतिबिधी गरिरहेको उनले आरोप लगाएका छन । एकल सहमतीको आधारमा अधिकारको दुरुपयोग गरिरहेको भन्दै उनले भने आज सम्म नगरपालिकाले कुनै किसिमको रकमहरुको पारदर्शी नगरेको बताएका छन । चालु आ.ब.मा संचालित योजनाहरुको लागत स्टिमेट माग गर्दा पनी हाल सम्म उपल्बध नगराएको भन्दै ,हामीलाई नगरपालिकाले सुचना नदिएको खण्डमा बाध्य भएर उच्च आदालत देखी लिएर सुचना आयोग सम्म जाने उनले चेताबनी दिएका छन ।

प्रतिक्रिया दिनुहोस

स्कोर्पियो टर्निङ गर ...

रहमुल लहान, २६ चैत्र । काकरभिट्टा बाट यात्रु बोकेर जनकपुरतर्फ जाँदै गरेको बस र जन्तीमा प्रयोग भएको स ...

लहानमा कुपोषण व्यवस् ...

रहमुल, लहान २६ चैत्र । सिरहाको लहान नगरपालिकामा कुपोषण न्यूनीकरण तथा स्वास्थ्य सेवा सुदृढीकरण गर्ने ...

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१