ताजा समाचार

जनतान्त्रिक गठबन्धनले जलायो ट्रम्प,सि जिङ पिङ र प्रधानमन्त्री ओलीको पुतला

  • जेठ २८, २०७७
  • १०४५ पटक पढिएको
  • ओम प्रकाश
alt

सिरहा। २८ जेठ । राज संस्थासहितको हिन्दु राष्ट्र र जनतान्त्रिक शासन व्यवस्था मूल एजेन्डासहित गठित राष्ट्रिय जनतान्त्रिक गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जनाएको छ । जनतान्त्रिक गठबन्धनको राष्ट्र बचाउ अभियानअन्तर्गत घोषित दोस्रो चरणको आन्दोलनको क्रममा मंगलबार देशभर प्रधानमन्त्री ओलीको पुतला र एमसीसीको प्रतिलिपि जलाइएको हो । गठबन्धनका केन्द्रीय सदस्य “दिवस सिंह“ को नेतृत्वमा सिरहा र सप्तरीमा एवं गठबन्धनका केन्द्रीय नेता नगीना झाको नेतृत्वमा काठमाडौंमा, त्यससँगै प्रदेश नं १ र २ को सम्पूर्ण जिल्लामा, मकवानपुर, दाङ, चितवन, रसुवा, धादिङ, धनकुटा लगायत देशको ५५ भन्दा बढी जिल्लाहरुमा घोषित आन्दोलनका कार्यक्रममा उत्साहजनक जनसहभागिता रहेको थियो । दोस्रो चरणमा धर्मनिरपेक्ष गणतन्त्रको सम्बाहक एव नेतृत्वकर्ता जिवित प्रधानमन्त्रीहरु शेर बहादुर देउवा, माधव नेपाल, झलनाथ खनाल, पुष्प कमल दहाल “प्रचण्ड“, डा। बाबुराम भट्टराई र के।पि। ओली लगायतको प्रत्येक दिन एक प्रधानमन्त्रीको पुतला जलाउने, प्रत्येक दिन एमसीसी सम्झौता खारेजी र अमेरिकी साम्राज्यवादी आतंकवादको विरोधमा राष्ट्रपति डोनाल ट्रम्पको पुतला जलाउने, चीनद्वारा सगरमाथा लगायतको नेपाली भुमि अतिक्रमण एवं कब्जा गरेको बिरोधमा प्रत्येक दिन चिनियाँ राष्ट्रपति सी जिङ पिङको पुतला जलाउने, धर्मनिरपेक्ष गणतन्त्रको भण्डाफोर गर्ने र “राज संस्था सहितको हिन्दु राष्ट्र र जनतन्त्र स्थापना“ सहितको भीषण जनआन्दोलनका लागि आम मुक्तिकामी जनतालाई सुसज्जित एवं तैयार गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤