शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई कम्प्युटर बितरण

  • जेठ २८, २०७७
  • ८९६ पटक पढिएको
  • ओम प्रकाश
alt

सिरहा, २८ जेठ । प्रदेश २ का सांसद दिलिप साहले विभिन्न बिद्यालयहरुलाई शैक्षिक गुणस्तर सुधार गर्न कम्प्युटर बितरण गरेका छन । सिरहा क्षेत्र नं. ४ (क) का सांसद समेत रहेका साहले विद्यालयको शिक्षाको गुणस्तरलाई सुधार गरी विद्यार्थीलाई प्राविधिक शिक्षा दिलाउने उद्देश्यले संसदिय बिकास कोषको रकमबाट कम्प्युटर बितरण गरेको बताए । आवश्यकतालाई मध्यनजर गरी बाजु माबि फुलबरियालाई १० थान, आधारभूत बिद्यालय मट्टीयरलाइलाई २ थान, जनता आधारभूत बिद्यालय गौतारीलाई २ थान, जनता मा. बि. सितालाइलाई १ थान, राजेश्वरी प्राथमिक बिद्यालय मथलेश्वरलाई १ थान र सामाजिक संस्थालाई २ थान कम्प्युटर प्रदान गरेको उनले बताए । १० लाख मोलबराबरको ५ वटा बिद्यालय र २ वटा सामाजिक संस्था गरी जम्मा १८ थान कम्प्युटर बितरण गरेको उनले जानकारी दिएका हुन । हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद साहले शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्न सामग्री प्रदान गरेकोले उचित ढंगले सञ्चालन गरी विद्यार्थीलाई प्राविधिक शिक्षाको ज्ञान दिलाउन सबै विद्यालयलाई आग्रह समेत गरे । विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि कम्प्युटर प्रदान गरेकोले विद्यालयको शैक्षिक सुधार सहज हुने बाजु मा.वि. मिर्चैया नपा ७ फुलबारीयाका प्रधानध्यापक बिन्देश्वर महतोले बताए । नयाँ प्रविधि सिक्नु पर्ने बाध्य भएको समयमा नयाँ प्रविधीका सामान वितरण गरेको प्रति सामुदायिक विद्यालयहरुले खुसि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१