ताजा समाचार

वर्षौंपछि विकट गाउँमा बिजुली आउदा नगर बासीमा छायो खुशयाली

  • जेठ २७, २०७७
  • १५४४ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २७जेठ - सिरहाको लहान नगर पालिका वडा नम्बर २४ खपटेडाडामा बिजुलीबत्ती उद्घाटन तथा ५०केबिको टानसफर्मर जडान हुँदा सिङ्गै गाउँ नै खुशी भएका छन् । बति बल्ने खबर गाउँ भरी नै फैलिएको छ । गाउँमा बिजुलीबत्ती बाल्ने सपना मारेर बसेका अधिकांश बासिन्दाले त्यसलाई हल्लाका रुपमा लिए, धेरैले पत्याएनन्।सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य तथा बौद्धिक नेता प्रदिप गिरीको संसदीय कोषबाट करिब २० लाखको लागतमा लहान नगर पालिका २४ खप्टेडाडमा विद्युतको लाईन पुगिदा स्थानीयहरु खुशी भएका छन । गिरी हाल सिरहा क्षेत्र नम्बर १ का निर्वाचित प्रर्तिनिधी सभा सदस्य समेत रहनु भएका हुन् । अर्को नेपाली काङ्ग्रेसको चर्चित तथा लोकप्रिय युवा नेता महेश चौधरी र महिला संघ की केन्द्रिय सदस्य संगीता कर्माचार्य की अथक प्रयास पछि गाउँमा बिजुलि बतिको उज्यालो भए पछि स्थानीयहरुले नेता प्रदीप गिरी र नेता महेश चौधरीलाई गुहारेका थिए । उक्त गाउँमा करिब २०० सय गरिब , दलित ,सदा,परियार , दमाई ,थापा मगर,यादवहरुको समेत बस्तीरहेको छ । उक्त गाउँमा बाटो घाटाे, र खानेपानी , बिजुलि बतिको समेत सुबिधा नरहेको गाउँका गाई बस्तु देखीलिएर मानिस समेत नजिकै रहेको ताल,दहको पानी खान बाध्य भएका थिए । केहि महिना अगाडि गाउँमा लाईन पुगेका थिए तर भोलटेज नपुगेर अध्यारोमा रात बिताउन बाध्य भएका हुन् ।

दुइवर्ष अघिसम्म गाउँमा बिजुली ल्याउने चर्चा गर्दा कसैले पत्याउँदैन्थ्ये। स्थानीयको प्रश्न हुन्थ्यो,‘यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ?’ वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन्। बरु विद्युत प्राधिकरण लहानले ५ महिना अगाडि गाडेका बिजुलीका पोल पनि पाँच महिना देखी अलपत्र नै थिए । त्यसपछि त झन् गाउँलेले बिजुलीबत्ती बाल्ने सपना नै मारिदिएका थिए । वर्षौंको प्रतिक्षापछि गाउँमा दोस्रो पटक झलमल्ल बिजुली बलेको देखेपछि उनिहरुमा खुशीको सीमा नै रहेन। त्यही खुशी साट्न उनले वरपरका छिमेकीहरुलाई पनि बत्ती बलेको हेर्नका लागि हारगुहार नै गरिन्। लामो प्रयासपछि गाउँमा बिजुली बलेपछि स्थानीय राजनीतिक दलहरु पनि हौसिएका छन्। निरन्तरको प्रयास पछी गाउँमा दियालो र टुकीको भरमा अन्धकार छल्दै आएका स्थानीयले बिजुली गुमाएको दोस्रो पटक गाउँमा बिजुली पुगेपछि खुशीयाली छाएको छ। स्थानीयले भने,‘आज हाम्रो सपना पूरा भएको छ, हामी वर्षौंपछि अन्धकारबाट मुक्त भएका छौं। उज्यालोसँगै गाउँमा समृद्धिको प्रवेश भयो, अब गाउँको जीवनस्तरमा पनि सुधार आउनेछ। स्थानीय युवा नेता आन्न्द चौधरीलाई सुनाएका थिए । राहत अभियान्ता महेश र संगीताको जोडीले केहि दिन अगाडि उक्त बिपन बस्तीमा राहत दिन पटक - पटक राहत दिन पुगेका थिए । समाज सेबि चौधरी र कर्माचार्य लाई गाउँलेहरुले राम्रो काम गरेको भन्दै सम्मान गरेका थिए । कार्यक्रममा समाज सेबि महेश्वरी चौधरी र पत्रकार महेश सिंहको समेत उपस्थिति रहेको साथै सबै वडा र वस्तीमा विद्युत विस्तारका लागि मिलेर काम गर्ने उनीहरुले प्रतिबद्धतासमेत जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤