सिरहामा बन्दुक सहित २ जना पक्राउ

  • जेठ २६, २०७७
  • १५८६ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा , २६ जेठ । सिरहामा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलिले दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिनु भयो। गोलबजार नगरपालिका ३ जम्दह कुपगैरी स्वास्थ्य चौकी नजिक बाट दुवैजना पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनु भयो । पक्राउ पर्नेमा गोलबाजार नगरपालिका ३ बस्ने ६९ वर्षीय कुलबहादुर पुर्वछाने र ६२ वर्षीय तीलक बहादुर थापा गरेका छ्न । उनीहरुको साथबाट लोड भएको भरुवा बन्दुक २ थान र छर्रा बारुद सहित पक्राउ गरी इलाका प्रहरी कार्यालय गोलबजार थप अनुसन्धान गरी रहेको प्रहरी प्रवक्ता तथा डिएसपी घिमिरेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१