Siraha Times
ताजा समाचार

अभियान्ता जोडी चौधरीको राहत लिएर घर फर्किदै बिपन्न परिवार

  • जेठ २५, २०७७
  • १५१४ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २५ जेठ । सिरहाको लहान नगरपालिका १ मा बिपनको चुलो बाल्न तेस्रो पल्ट पुगेका महेश र संगिताको जोडीलाई हेर्दा बिपन्न समुदाय खुशी भएका थिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेका छन् । लकडाउन भएको तिन महिना हुन् लाग्यो । लकडाउनबाट प्रभावित भएका दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउँने बिपन परिवारलाई हात मुख जोडन बिचल्ली भएको छ । लकडा उनबाट दलित समुदाय बढी प्रभावित भएका छन । राहत नपाउनेको गुनासो रहेको छ्। आम्दानी नै नभएपछि उनीहरुलाई छाक टार्न समस्या भोगनु परेको छ । शनिबार लहान नगर पालिका १ मा कोठा भाडालिई चटपटे ,पानी पुरी ,चाउमिन ,चिया पसल ,होटेल ,र जिल्ला बाहिर बाट अध्यनका लागी आउनु भएका विद्यार्थीहरुलाई मद्य्यनजर गरि ६० घर धुरीलाई उनीहरु अन्न दान गरेका हुन् । राहत उपलब्ध गराउने संस्थामा एपोलो ॐ स्कुल लहान र प्रसंसा पुस्तक पसलका पहलाद सापकोटाले पनि सहयोग गरेको हुन् । चौधरी एपोलो ॐ स्कुलको संचालक , प्रीन्सिपल समेत रहनु भएका चौधरीले सानै उमेर देखि साज सेवामा लागेका हुन । उनको श्रीमती संगिता कर्माचार्यले महिला संघका केन्द्रिय सदस्य रहनु भएको छ । कर्माचार्य महिलाको मुद्दा लिएर आवाज उठाउनमा अग्रसर रहेका हुन् । प्रतिपरिवार चामल १० किलो, दाल १ किलो , तेल एक प्याकेट, नुन १ किलो, आलु १ किलो राहतमा बाडेँका हुन् । उक्त बस्तीमा लकडाउनकै क्रममा उनीहरु तेस्रो पटक राहत दिन पुगेका थिए । लहान बजारमा रोजगारी गुमाएका रिक्सा चालक, बस बुकिङ्ग मजदुरलाई पनि चामल, दाल, तेल वितरण गरेका छन् । सरकारले लकडाउन थप्दै गएका छन् तर दलित, गरिबलाई राहत थपिएको छैन । उनीहरुलाई साँझ बिहान हातमुख जोर्न धौ धौ परिरहेका छन् । गाउँका हुने खानेबाट ऋण सापटी गरी छाक टार्छन् बाध्य छन । लकडाउनका कारण प्रभावित भएका गरिबको घरपरिवारलाई राहत पुर्याउने चौधरी र कर्माचार्य दिनचार्य नै बनाएका छन् । हरेक दिन एउटा- एउटा बस्ती पुग्ने गरेका छ्न ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१