ताजा समाचार

गैर अबासिय मधेशी सघ साउदी अरब द्वारा दोस्रो चरणको राहत बितरन

  • जेठ २५, २०७७
  • २२३९ पटक पढिएको
  • ओम प्रकाश
alt

विश्व भरि छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर आवासीय मधेशी संघ साउदी अरब शाखा ले 6 मैई शनिबार को दिन साउदी जुवेल मा फसेका केही मधेशी कामदारहरू लाई पन्ध्र बिस दिन सम्म पुग्ने राहत दोस्रो चरण को बितरण गरेको छ। ति कामदारहरू ले बिगत तिन महिना देखि तलब नपाएको र कम्पनीले काम मा पनि नलगेको साथै बिरामी पर्दा पनि हेरचाह नगरेको गुनासो समेत गरे र आफुहरूलाई कुनै पनि संघ संस्था ले सहयोग नगरेको ले अहिले सम्म बाकाला(किराना)पसल बाट उधारो खांदै आएको थियो। आज गैर आवासीय मधेशी संघ साउदी अरब को टिम ले ति पिडित कामदारहरू लाई पन्ध्र बिस दिन पुग्ने खानेकुरा हरु उपलब्ध गराएको छ। उक्त राहत त्यस संस्थाको सदस्य आयुब कबारी को व्यक्तिगत सहयोग र सह -अधिकारी उपेन्द्र ,गरभु महरा र यायुब कबारी को संयुक्त रोहबरमा राहत बितरण को काम सम्पन्न भएको छ। अध्यक्ष निर्मल मण्डल का अनुसार साउदी अरब मा हजारौ त्यस्ता कामदार हरू फसेको छ र दिनहुं सयौ फोन हामी लाई उद्दार गर्नु भनेर आउंछ। हामी सहयोगी हाथहरु खोजेर यो राहत उपलब्ध गराईरहेका छौं उहांले भन्नु भयो। साथै प्रबासमा अहिले कोरोना को कारण कम्पनी बाट बिस्थापित हुनेहरूको संख्या बृद्धि हुदै गईरहेको छ।नेपाल सरकार र नेपाली राजदुताबास ले अझैं पिडित सम्म पुग्न सकिरहेको छैन। अहिले को यो बिकराल अवस्था मा गैर आवासीय मधेशी संघ हरेक देश मा समन्वय गर्ने प्रयास मा रहेको र स्वदेश फर्केका हरूको लागि स्वरोजगार योजना को बारेमा बृहत छलफलमा रहेको छ। गैर आवासीय मधेशी संघ अंतराष्ट्रिय समिति का अध्यक्ष बसन्त कुशवाहा ले जानकारी दिनु भयो।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤