ताजा समाचार

कमिशन एजेन्ट राख्ने मन्त्री सोनलको राजिनामाको माग,

वालविवाहका अपराधी राज्यमन्त्री मण्डललाई कारवाही गर

  • जेठ २१, २०७७
  • १६३२ पटक पढिएको
  • ओम प्रकाश
alt

लहान, २१ जेठ - प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले आफ्ना एजेन्टमार्फत नै सिरहाको कामकाज गराउँन खोजे पछि भ्रष्टाचारी रोक्न लहानका युवा किसानहरु आज मन्त्रीको विरोधमा प्रर्दशन गरेको छ । युवा किसानहरुले ‘कमिशन एजेन्ट राख्न पाइदैन, मन्त्री जितेन्द्र सोनल राजिनामा गर’ ‘किसानको माग पूरा गर, सिँचाई रोक्न पाइदैन्’ ‘बालविवाह गराउँने राज्यमन्त्री सुरेश मण्डललाई कारवाही गर ’ ‘सिँचाई विकास सबैको सरोकार, हाम्रो किसानको माग पूरा गर’ जस्ता प्लेकार्ड बोकेर लहानमा प्रदर्शन गरेको छ । लहान १९ का किसानहरुले चार दिन अगाडि पावर ड्रिल बोडिँगको लागि भूमिगत जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय लहानमा आवश्यक फाईलसहित निवेदन दर्ता गराएको थियो । आवश्यक फाईल बमोजिम कामकाज गर्न सम्झौता तयार भइरहेको अवस्थामा कमिशनको संकेत नदेखेपछि डिभिजन कार्यालयका हाईड्रोजियोलोजिष्ट पुष्पराज दहालले ‘प्रदेश २ बाट मन्त्रालयको फोन आयो सम्झौता गर्न सक्दीन ।’ ‘मेरो जागिरको सवाल छ’ ‘यो काम गरियो भने मलाई सरुवा गरिदिन्छ’ भन्दै ‘तपाईहरु मन्त्रीको एजेन्टमार्फत आउँनुस् ।’ भनेका थिए , यता, कामको सम्झौता रोकेको भन्दै राष्ट्रिय जनता पार्टीका एक नेताले मन्त्री सोनललाई काम गराइदिन आग्रह गरेका थिए । फोनमै मन्त्री सोनलले ‘मेरो मान्छेलाई सम्पर्क गरेर आफै मिलाउँनुस् ।’ भन्दै मन्त्री सोनलले फोन काटेका थिए ।

सिँचाईको लागि आएको बोडिँग किसानले कमिशन तिरेर जडान गर्नुपर्ने स्थिति आएपछि युवा किसानहरुले डिभिजन कार्यालयमा तालाबन्दी गरेका थिए । मन्त्री सोनलकै आदेशमा दूई दिनपछि जेठ २० गते त्यस कार्यालयका कर्मचारीले ताला फोडेर काम गर्न थालेका थिए । त्यसै बखत युवा किसानहरुले आफ्नो काम पनि अगाडि बढाउँन आग्रह गर्दा हाईड्रोजियोलोजिष्ट पुष्पराज दहालले मन्त्रीको एजेन्टमार्फत आउँनु भएका थिए । कमिशन विनाको सम्झौता नगरेको भन्दै यस कार्यमा संलग्न रहेका प्रदेश २ का उद्योग पर्यटन, वन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डल र मन्त्री सोनलविरुद्ध युवा किसानहरुले आज लहानमा प्रदर्शन गरेका छन् । राज्यमन्त्री सुरेश मण्डलले गत बर्ष आफ्नै खर्च दिएर कल्याणपुर ३ प्रसाहीका कुशे मल्लिककी

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤