ताजा समाचार

भगवानपुर गाउँ पालिका १ सिनुरीयामा मनकारी वृद्धले गरे बिपन परिवारमा राहत वितरण

  • जेठ २०, २०७७
  • १८२५ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा २० जेठ - सिरहाको भगवानपुर गाउँ पालिका १ सिनुरीयामा स्थानीय मनकारी वृद्धले गाउँ पालिकाले वितरण गरेको राहत बाट बन्चित र छुटेकाहरुलाई आफु खुशी ब्यक्तीगत रुपमा राहत वितरण गरेको छ । स्थानीय ९० बर्ष वृद्ध गोबिन्द साह र जलेश्वरी देबि साह कि जोडीले २५० घर धुरी बिपन परिवारलाई राहत वितरण गरेका छन्। मैले दान गरेको अन्नले कोरोनाको कहरमा फसेको र लकडाउन बाट प्रभावित भएको अतिबिपन परिवारलाई दुई छाक खान पुगोस भन्ने जलेश्वरी देबि साहको उदेश्य हो। गाउँ पालिका भरीमा ब्यक्तीगत रुपमा राहत उपलब्ध गराउनमा अग्रसर रहेका छन् । राहतमा प्रति घर दुरी चामल ५ किलो , नुन १ पोका नगद १०० रुपैयाँ दिई धन्यवाद गरेका हुन । गोबिन्द साह र जलेश्वरी देबि साह कि चार छोरा मध्ये दुई छोरा शिब कुमार साह र देब कुमार साह वैदेशिक रोजगारीको लागी हंकगमा बसोबास गर्दै आएका छ्न । जेठो छोरा राज कुमार साह नेपाली काङ्ग्रेसका गाउँ पालिकाका वडा अध्यक्षको दाबेदार समेत रहनु भएको छ । राज कुमार लामो समय देखी राजनीतिमा सकृय रहेका छन् । समाज सेबि सतेन्द्र कुमार साहको विशेष पहलमा राहत वितरण गरेको आयोजकले बताउनु भयो। वडा नम्बर १ का अतिबिपन ,गरिब ,दलित ,अपांग ,एकल महिला ,वृद्ध लगायतका पीडितले राहत पाएका हुन् । राहत वितरण ठाँउमा समाजिक दुरि कायम गरि राहत वितरणको ब्यवस्था मिलाएरको थियो ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤