ताजा समाचार

कमला बचाऊ अभियानीहरुको नया सुरुवात, नदी चेतना यात्रा शुरु

  • जेठ १९, २०७७
  • १५७० पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

सिरहा जेठ १९ गते ।धनुषाको कमला नदी बचाउ अभियानीहरुले सोमबारदेखि नयाँ आयामको सुरुवात गरेको छ । आज गंगा अवतरण दिवसको अबसरमा मिथिला भुमीमा अवतरित गंगा सरह मानिने कमला नदीको रामघाटमा कमला पुजा गरी जेष्ठ शुक्ल दशमी तिथि गंगा दसहारा मनाइएको छ ।

कमला नदी बचाउ अभियानी रहनुभएका शहिदनगरपालिका मेयर उदयकुमार बरवरिया यादव, कमला बचाउ अभियानका संयोजक विक्रम यादवलगायतका युवाहरु रामघाटमा नदी चेतना यात्राको शुभारम्भ गर्नुभएको छ ।

सो नदी चेतना यात्रा  गंगा दशहरा देखि अन्तरास्ट्रिय नदी दिबस सम्म कमला नदी को उदगम स्थल नेपाल को सिन्धुली जिल्ला महाभारत चुरे जंगल देखी भारत बिहार कमला कोशी संगम सम्म चेतना यात्रा चल्ने कार्यक्रम शहिदनगर नगरपालिका का मेयर तथा कमला अभियानी उदय कुमार बरबरिया यादवले बताउनु भयो।

कमला अभियानका संयोजक अभियानी बिक्रम यादवका अनुसार सो यात्राका प्रायोजक GAIL (india )लिमिटेड र कमला नदी चेतना यात्रा को आयोजक कमला जलाधार संरक्षण अभियान नेपाल रहने जानकारी दिनु भयो।

सो अवसरमा कमला नदी बचाउ अभियानी बिरेन्द्र यादव,राज किशोर सल्हैता, श्याम कुमार सिंह, रामनाथ यादव, राम शरण, रोशन यादव, पत्रकार कमला अभियानी काशिन्द्र शर्मा लगायतको उपस्थिती रहेको थियो ।

नदी चेतना यात्राको क्रममा विश्वभर फैलिदै गरेको कोरोना भाइरसको संक्रमण नफैलिन दिनका लागि सामाजिक दुरी कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤