कमला बचाऊ अभियानीहरुको नया सुरुवात, नदी चेतना यात्रा शुरु

  • जेठ १९, २०७७
  • १४५९ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

सिरहा जेठ १९ गते ।धनुषाको कमला नदी बचाउ अभियानीहरुले सोमबारदेखि नयाँ आयामको सुरुवात गरेको छ । आज गंगा अवतरण दिवसको अबसरमा मिथिला भुमीमा अवतरित गंगा सरह मानिने कमला नदीको रामघाटमा कमला पुजा गरी जेष्ठ शुक्ल दशमी तिथि गंगा दसहारा मनाइएको छ ।

कमला नदी बचाउ अभियानी रहनुभएका शहिदनगरपालिका मेयर उदयकुमार बरवरिया यादव, कमला बचाउ अभियानका संयोजक विक्रम यादवलगायतका युवाहरु रामघाटमा नदी चेतना यात्राको शुभारम्भ गर्नुभएको छ ।

सो नदी चेतना यात्रा  गंगा दशहरा देखि अन्तरास्ट्रिय नदी दिबस सम्म कमला नदी को उदगम स्थल नेपाल को सिन्धुली जिल्ला महाभारत चुरे जंगल देखी भारत बिहार कमला कोशी संगम सम्म चेतना यात्रा चल्ने कार्यक्रम शहिदनगर नगरपालिका का मेयर तथा कमला अभियानी उदय कुमार बरबरिया यादवले बताउनु भयो।

कमला अभियानका संयोजक अभियानी बिक्रम यादवका अनुसार सो यात्राका प्रायोजक GAIL (india )लिमिटेड र कमला नदी चेतना यात्रा को आयोजक कमला जलाधार संरक्षण अभियान नेपाल रहने जानकारी दिनु भयो।

सो अवसरमा कमला नदी बचाउ अभियानी बिरेन्द्र यादव,राज किशोर सल्हैता, श्याम कुमार सिंह, रामनाथ यादव, राम शरण, रोशन यादव, पत्रकार कमला अभियानी काशिन्द्र शर्मा लगायतको उपस्थिती रहेको थियो ।

नदी चेतना यात्राको क्रममा विश्वभर फैलिदै गरेको कोरोना भाइरसको संक्रमण नफैलिन दिनका लागि सामाजिक दुरी कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१