Siraha Times
ताजा समाचार

प्रेस युनियन धनुषा अध्यक्ष सिंहलाई सुरक्षा सामग्री हस्तान्नतरण

  • जेठ १८, २०७७
  • ११७४ पटक पढिएको
  • ओम प्रकाश
alt

किशोर मंडल , १८ गते जनकपुरधाम कोरोनाको अग्रपंतिmमा रहेका पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखी नेपाली कांग्रेस जनकपुरधाम नगर समितिले नेपाल प्रेस युनियन धनुषालाई स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्नतरण गरेको छ । नगर समितिले नेपाली कांग्रेसका नेता एवम जनकपुर नगरका पूर्व नगरप्रमुख बजरंग प्रसाद साहको सौजन्यमा आईतवार सुरक्षा सामग्रीहरु हस्तान्नतरण गरेको हो । नगर समितिका सभापति मनोज साह र पूर्व नगर प्रमुख साहले संयुतm रुपमा नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंहलाई मास्क , सेनीटाईजर , ग्लब सहितका सुरक्षा सामग्रीहरु प्रदान गरेको हो । कार्यक्रममा पूर्व नगर प्रमुख साहले कोरोना भाईरसको संक्रमणबाट जोगिन लक डाउनको कडाईका साथ पालना गर्नुपर्ने बताए । उनले हालसम्म कोरोना भाईरस नियन्त्रण गर्न कुनै पनि औषधी बन्न नसकेकोले घरमै बसी सुरक्षित रहनुको विकल्प नभएकोमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेस जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति साहले तीन महिनाका लागि तीनवटा संस्थाको शुल्क मिन्हा गर्न माँग गरेको छ । साहले लकडाउनको कारण सर्वसाधारण जनता निक्कै प्रभावित भएकोले बिजली बिल, खानेपानी , भुबहाल कर , कोठाभाडा तथा टेलिफोनको शुल्क मिन्हा गर्न नेपाल सरकारसँग माँग गरेका हुन । नेपाल सरकारको बजेटमाथि टिप्पणी गर्दै उनले भने, ‘वर्तमान सरकार गैर जिम्मेवार सरकारको हो । विश्व कोरोना भाइरसबाट परेशान छ । तर हाम्रो सरकारको बजेट हेर्ने हो भन्ने स्वास्थ्य र कृषिमा आधारित छैन ।’ उनले अगाडि थपे ‘निर्माण लगायतको बजेट कटौती गरी कोरोनामा लगाउनु पर्दछ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शैलेन्द्र झा , वरिष्ठ पत्रकार रामभरत साह , नेपाली काग्रेस धनुषा सदस्य गणेश झा , नेपाल पत्रकार महासंघ प्रदेश २ का कोषाध्यक्ष प्रविण साह , नेपाल प्रेस युनियन धनुषाका पूर्व सभापति कमल साह , नेपाल प्रेस युनियन धनुषाका उपाध्यक्ष अकुल साह , नेपाल प्रेस युनियन धनुषाका सचिव निरंजन साह , सदस्य किशोर मंडल सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन नगर समिति सचिव रबिन्द्र सिंहले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१