ताजा समाचार

सिरहाको लहान न.पा. २३ मा बजेट संचालन गर्ने विषमा झडप ३ जना घाइते

  • जेठ १८, २०७७
  • ११४८ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १७ जेठ - सिरहाको लहान न.पा. २३ मा बजेट संचालनको विषयमा बिबाद भएको छ । २ न. प्रदेश संसदिय कोषको ५० लाख बजेट संचालन गर्ने अधिकार सथानिय सरकारको रहेको छ ।लहान २३ का वडा अध्यक्ष कन्हैया प्रसाद गुप्ताले बजेट संचालनको विषयमा स्थानीय समाज सेबि बुद्धि जिबि र राजनीति दलका प्रति निधिहरुको लागी वडा कार्यालयको सुचना पार्टीमा सूचना टास गरी सम्पुर्ण जनसमुदायलाई भेला गरी उपभोक्ता समिती गठन गर्ने कार्यक्रममा अन्यमितता देखिए पछि स्थानिय बासी र वडा अध्यक्ष बिच झडप भएको थियोे । झडपमा वडा अध्यक्ष कन्हैया प्रसाद गुप्तालाई नाकमा चोट लागी समान्य घाइते भएका हुन् । वडा अध्यक्ष गुप्तालाई कार्यालय भित्र ताल्चा लगाई थुनी केहि समय राखिएको थियो । थुनेको जानकारी टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय लहान लाई जानकारी गराउनु भएको थियो । जानकारी पाउने लगतै ईलाका प्रहरी कार्यालय लहानका डिएपी शरद थापा क्षेत्रीको टोलिले घटना स्थलमा पुगेर अध्यक्ष गुप्तालाई निकालेका थिए । स्थानीय दिनेश सहनीको छोरा अन्दाजी वर्ष २२ को कौशल कुमार सहनी,र राम नारायण सहनीको १८ बर्ष छोरा दिपा सहनीलाई समेत चोट पटक लागेको प्रहरीले जानकारी दिनु भयो । प्रहरीले घटना स्थलमा पुगदा अवस्था सामान्य बन्दै गएको थियो । प्रहरीले , ताल्चा लगाई थुनी राखिएको वडा अध्यक्षलाई ताल्चा फुटाई उद्धार गरी वडा अध्यक्ष लगायत अन्य घाइतेहरुलाई उपचारको लागी लहान तर्फ पठाईएको, अवस्था सामान्य रहेको लहान अस्पतालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤