सिरहाको लहान न.पा. २३ मा बजेट संचालन गर्ने विषमा झडप ३ जना घाइते

  • जेठ १८, २०७७
  • १०४० पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १७ जेठ - सिरहाको लहान न.पा. २३ मा बजेट संचालनको विषयमा बिबाद भएको छ । २ न. प्रदेश संसदिय कोषको ५० लाख बजेट संचालन गर्ने अधिकार सथानिय सरकारको रहेको छ ।लहान २३ का वडा अध्यक्ष कन्हैया प्रसाद गुप्ताले बजेट संचालनको विषयमा स्थानीय समाज सेबि बुद्धि जिबि र राजनीति दलका प्रति निधिहरुको लागी वडा कार्यालयको सुचना पार्टीमा सूचना टास गरी सम्पुर्ण जनसमुदायलाई भेला गरी उपभोक्ता समिती गठन गर्ने कार्यक्रममा अन्यमितता देखिए पछि स्थानिय बासी र वडा अध्यक्ष बिच झडप भएको थियोे । झडपमा वडा अध्यक्ष कन्हैया प्रसाद गुप्तालाई नाकमा चोट लागी समान्य घाइते भएका हुन् । वडा अध्यक्ष गुप्तालाई कार्यालय भित्र ताल्चा लगाई थुनी केहि समय राखिएको थियो । थुनेको जानकारी टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय लहान लाई जानकारी गराउनु भएको थियो । जानकारी पाउने लगतै ईलाका प्रहरी कार्यालय लहानका डिएपी शरद थापा क्षेत्रीको टोलिले घटना स्थलमा पुगेर अध्यक्ष गुप्तालाई निकालेका थिए । स्थानीय दिनेश सहनीको छोरा अन्दाजी वर्ष २२ को कौशल कुमार सहनी,र राम नारायण सहनीको १८ बर्ष छोरा दिपा सहनीलाई समेत चोट पटक लागेको प्रहरीले जानकारी दिनु भयो । प्रहरीले घटना स्थलमा पुगदा अवस्था सामान्य बन्दै गएको थियो । प्रहरीले , ताल्चा लगाई थुनी राखिएको वडा अध्यक्षलाई ताल्चा फुटाई उद्धार गरी वडा अध्यक्ष लगायत अन्य घाइतेहरुलाई उपचारको लागी लहान तर्फ पठाईएको, अवस्था सामान्य रहेको लहान अस्पतालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज १४ पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम ...

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१