डाेम समुदायलाई पहिलो प्राथमिकता चौथो पल्ट राहत दिन पुगे अभियनता जोडी

  • जेठ १६, २०७७
  • ११९९ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १६ जेठ । सिरहाको लहान नगरपालिका वडा नम्बर –१५ मा १० घर बिपन्न डाेम परिबारलाई पहिलो प्राथमिकता दिई राहत बितरण गरेको छ । लहान १५ ढाेढनामा जम्मा १० घर धुरी डाेम हरुको बस्ती रहेको वडा अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिनु भयो । डाेम परिवारको पुर्खौली पेशा समेत मार्मा परेको छ । उनिहरुको जिबन यापन गर्न समेत कठनियाई खेपनु परेका छ । नेपाल लकडाउन भएको तिन महिनाको हाराहारीमा पुग्यो उनीहरुको पुर्खौली पेसा समेत मार्मा परेको एक पीडितले बताउँछन् । घरमा अन्न न हुँदा गाउँका हुने खानेको घरबाट ऋण कर्जा लिएर दिन बिताउने गरेका थिए । वडा अध्यक्ष तेज नारायण चौधरीले आफु बसेको वडा भित्र गरिब असाहाई एकल महिला अतिबिपन दलित समुदायलाई विशेष प्राथमिकता दिने गर्छौ बताए । मल्लिक लगायतका बिपन्न परिवार मजदुरहरुलाई राहत दिईएका हुन। लहान १५ ढाेढनामा चौथो पल्ट राहत लिएर गए पछि बिपन परिवारमा खुशी भएर महेश चौधरी र संगिता कर्माचार्य लाई गर्मी यामको मध्य नजर गर्दै अभियनता जोडीको सम्मान स्वरुप आफ्नो हातले बनाएको बेना दिएर सम्मान गरेका थिए । पछिल्लो समय उनले लहान २३ मा राहत दिन पुग्दा सम्मानित भएर घर फर्केको थिए । योभन्दा अगाडि वडा नम्बर– १२ जटीयाही टोलका ३५ घरपरिबार हरुलाई राहत बाडेका थिए । राहतमा प्रतिपरिबार १० किलो चामल , १ किलो नुन , आधा लिटर खानेतेल , एक पाउ स्वाबिन लगायतको राहत सामग्री दिईएको उनिहरुले जनाए । राहत अभियनता जोडीले नेपालमा जबसम्म लकडाउन रहन छ तब सम्म हामी राहत बाडने कार्य निरन्तर चलिरहने छ नेपाल महिला संघका केन्द्रिय सदस्य संगिता कर्माचार्य ले बताए ।

लहान नगरपालिकाका वडा नम्बर – १ देखि –२४ सम्मका बिपन्न परिबारको घरमा अन्नदान गर्न पुगेको सामाजसेबी महेश र संगिता की जोडीले बताए । हाल सम्म करिब ३ हजार बिपन्न परिवारलाई प्रति परिवार १० किलो चामल ,१ किलो नुन ,आधा लिटर खानेतेल , स्वाबिन लगायतका दैनिक उपभेग्य सामग्रीहरु दान गरेको अभियान ता जोडी बताउनु भयो । गाउँमा रहेको गरिब बिपन परिवार प्रति सदैब सहयोगको भावना राखेको जन प्रति तथा समाज सेबि राम कुमारी दास ले बताउनु भयो । वितरण कार्यक्रममा सहयोगका लागि महेश्वरी चौधरीको सहयोग रहेको राहत अध्यक्ष चौधरीको रोहबरमा वितरण गरेको अभियानता जोडीले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहाको लहान नगरपालि ...

लहान वैशाख ६ । सिरहाको लहान नगरपालिका वडा न. १९ मा आज दिउसो करिब ४ बजे स्कारपियो दुर्घटना भएको हो । ...

अधिकृत श्रीवास्तव र ...

रंजित चौरसिया वीरगंज ६ बैशाख । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास ...

भु.पु. न्यायाधीश कमल ...

रहमुल लहान ५ बैशाख भु.पु. न्यायाधीश कमलनरायण दासले पैगम्बर मोहम्मद (स) को बिषयमा दिएको गैरजिम्मेवारी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१