दलित महिला न्याँयको लागि अस्पतालबाट गुहार्दै

  • जेठ १५, २०७७
  • १७९२ पटक पढिएको
  • ओम प्रकाश
alt

सिरहा ÷ जेष्ठ १० गते शनिवारका दिन साझ सिरहाको कल्याणपुर नगरपालिका ११ स्थितका रिंकु महराको श्रिमान रोजगारिको शिलशिलामा गत वर्ष खाडिमूलूक कतार गएको मौका छोपि सप्तारि जिल्ला सिसबाकटी कडा नम्बर ६ का हाल कल्याणपुर नगरपालिका ११ बस्ने उमेश प्रसाद साहका छोरा २३ वर्षको गाँधि साहले सोही कल्याणपुर नगरपालिका ११बस्ने हरिशरण महराको श्रिमति रिंकु महारलाई पटक पटक फोनगरि अनैतिक संम्बन्ध राख्न गरेको प्रस्तावलाई अस्विकार गर्दा कल्याणपुर नगरपालिको छेउमा काखमा बच्चा समातेर आफनो घर तर्फ गईरहेको अवस्थामा दलित महिलालाई मरणासन्न गरि कुटपिट गरेको हो । रिंकु महरालाई कुटपिटको क्रममा शरिर भरी र टाउँकोको भित्रबढि चोटलागेकोले शनिवार साझँ मेडिसिटि होस्पिटल मुस्हर्निमा धनगढिमाई नगरपालिका सिरहामा भर्ना भई उपचार गराइरहेकी छीन । कुटपिट गर्ने अपराधी खुलेआम घुमिरहेको छ उसलाई ईलाका प्रहरि कार्यालय कल्याणपुरले पक्राउ गरेको दुई दिनमै छोडेको हो । रिंकु महराले मलाई टाउँको गम्भिर चोटलागेको छ उपचार गराउदै छु तर अपराधिलाई छोडेकोले मलाई न्याँय दिलाई दिनका लागि नागरिक समाज, पत्रकार, मानवअधिकारवादी, राजनैतिकदल, र सरकारसँग आग्रह गर्दु छु भनिन अगाडि भनिन मजस्ता गरिब दलित महिलाालाई अन्याँय मापरेको बेला कुनैपनि सरोकारवालाहरुको चासो र सहयोग नपाउनु दुःख हो । त्यसैले मेरो आग्रह छ कि मलाई न्याँय दिलाई दिनुस । रिंकु महराको आर्थिक कमजोर समेत रहेको छ । ३ वटा छोराको आमा रिंकु महराले औसधि गर्न ऋण लिएर उपचार गराईरहेकी बताईन लक डाउनमा साहुले ऋण दिन मान्दैनन त्यहिपनि उपचार भईरहेको छ । रिंकु महरालाई उपचारको गराउन कुरुवा बसेको सासु र भाइ जयकिशोर महराले उपचार गराईरहेको छ । रिंकु महराको आफन्त कल्याणपुर नगरपालिका ११ बस्ने उमेश महरो न्याय कोलागि जाहेरि दर्ता गराउन आईतबार नै डि.एस.पि. सन्तुलाल प्रसाद जैसवारलाई दिएको छु तर दर्ता गर्न आलटाल गरिरहेको बताएको छ । दलित अधिकारकर्मि संजय महराका अनुसर दलित महिला रिंकु महराको दोषिलाई कारवाहि गर्न अविलम्ब पक्राउ गरि कारवाहि गर्नु पर्छ र रिंकु महराले न्याँय पाउनुपर्छ भन्ने हाम्रो सम्बन्धित निकाय सँग आग्रह गर्दछु न्याँय नपाए शान्तिपूर्ण आन्दोलन र कार्यक्रम गर्ने समेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस

Together for Health, ...

ओम प्रकाश यादव लहान चैत २५ । सप्तरी र सिरहा जिल्लामा “Together for Health, Stand with Science& ...

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१