Siraha Times
ताजा समाचार

आफु कालोबजारी बाट निर्दोष रहेको महतोको दाबी

  • जेठ १५, २०७७
  • १२५४ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १५ जेठ - सिरहाको गोलबजार नगर पालिका ४ स्थित संचालनमा रहेको सुशिल हार्डवेयर संचाल तथा साझा पार्टी सिरहाका संयोजक एवं नेपाल कुशवाहा कल्याण समाज सिरहाका अध्यक्ष समेत रहनु भएका धनपति महतोले सदैब प्रशासन, नगरपालिकाका मेयरको कालो करतुतको पर्दाफास र भ्रष्टाचार बिरोधी अभियानमा आफु सकृय रहेकै कारण आफुमाथी राजनिती प्रहार भएर सुशिल हार्डवेयरलाई सिल गरेको बताएको छ । सुशिल हार्डवेयर गोलबजारका संचालक महतोले आफु माथि लगाएको झुठो आरोपलाई जानतामा बुझाउन र समुदायमा पुगाउन पत्रकार सम्मेलन गरी आफु भ्रष्टाचार बिरोधी अभियन्ता नै रहेकोले आफुले कुनै किसिमको कालो बजारी नगरेको र मारुती सिमेन्ट ८ सय २० रुपैयामा बिक्री गरेको भ्याट बिल रहदा पनि राती गुण्डाशैलीमा आफनो पसलमा सिल गरेको महतोको भनाई रहेको छ ।

उद्योग ब्यापार संघ गोलबजारका सल्लाहकार समेत रहेका हार्डवेयर संचालक महतोले जेठ ७ गते राती १० बजे को समयमा सिमेन्ट र छड बिक्री गरिरहेकै अवस्थामा गोलबजार नगरपालिका, ब्यापार संघ, प्रहरी प्रशासन, जिल्ला उद्योग बाणिज्य संघको टोलीले सुशिल हार्डवेयरका संचालक धनपति महतोले मारुती सिमेन्ट ८ सय ३० मा बेचेको पाएपछी विशेष सुचना को आधारमा लगत्तै प्रहरीको टोलि घटना स्थलमा पुगेका थिए । ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक जनक पुरीले बताउनु भयो ।

यता सिल लगाएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँईले आवश्यक अनुसन्धान भईरहेको र कालो बजारी गरेको÷नगरेको ठहर भएपछी मात्र सफाई पाउने र त्यसकै लागि १ लाख धरौटीमा ततकालको लागि छाडेको प्रमुख जिल्ला अधिकारी गुरागाँईले बताए ।

नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति सिरहाले प्रेस बिज्ञप्ती जारी गरी कुशवाहा अतिथि सदन गोलबजारको लागि कुनै प्रोजेक्टवाला मारुती सिमेन्ट खरिद गर्न समितिले कुनै पनि स्थानिय तह, जिल्ला प्रशासन कार्यालय सिरहा, मारुती सिमेन्ट लि. र सुशिल हार्डवेयर गोलबजारसंग सिफारिस तथा खरिद नगरेको र झुठो आरोप लगाउने माथी कडा कार्यवाहीको माँग गर्दै प्रेस बिज्ञप्ती निका लेका हुनु । नेपाल सरकारले तोकेको मुल्य भन्दा बढी नलिएको उपभोक्त संग नलिएको महतोको दाबी रहेको छ् ।

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१