ताजा समाचार

लहान न.पा.२४ का जनता सामाजबादी पार्टीका युवा नेताले गरे रक्तदान

  • जेठ १५, २०७७
  • १४०१ पटक पढिएको
  • ओम प्रकाश
alt

महेश सिंह सिरहा १५ जेठ । विश्व कै महामारी कोरोना भाइरसको कारण सरकारले घोषणा गरेको लकडाउनको महामारीको बेला रगतको अभावमा कोही पनि मर्न नपरोस् भन्ने हेतुले सिरहाको लहान नगरपालिका – २४ गोबिन्दपुरमा एक दिने रक्तदान कार्यक्रम भएको छ । जनता सामाजबादी पार्टी लहान नगर समिति तथा वडा समिति २४ र रक्त सञ्चार सेवा केन्द्र लहानको संयुक्त आयोजनामा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो रक्तदान कार्यक्रम मा जनता समाजबादी पार्टीका युवा नेता राम चलितर महतो , राम उदगार महतो ,मनोज कुमार यादब , बलिराम यादब, संजय यादब , लगनलाल पासवान , संजय कुमार साह , राम चलितर दास , नागेश्वर यादब , संतोष शर्मा लगायत ४० जना जनता सामाजबादी पार्टीका प्रतिनिधि, समाजसेबी तथा बिधार्थीहरुले रक्तदान गरेको जसपाका युवा नेता राम चलितर महतोले बताएका छ्न् ।

जसपा सिरहा क्षेत्र न १ क का अध्यक्ष शितल कुमार साहको अध्यक्षतामा समपन्न सो रक्तदान कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ता नेपाल पोस्ट दैनिक का प्रधान सम्पादक महेश सिंह रेडियो नेपालका लहान सम्बादाता संजय बिश्वकर्मा , पार्टीका नेता भरत साह , स्थानीय सुरक्षा निकाय लगायतका सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ सिरहाका सभापती दिनेश्वर प्रसाद गुप्ता ले यस्तो विषम परिस्थितिमा पनि जनता समाजबादी पार्टीले आकस्मिक रक्तदान कार्यक्रम गरेर निकै प्रशंसा गर्न योग्य काम गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤