मुख्यमन्त्री यादवद्वारा आगलग्गी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण छिट्टै ठोस राहतको प्याकेज घोषणा गरिने

  • बैशाख १५, २०८१
  • ५२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, बैशाख १५ । मुख्यमन्त्री सरोज कुमार यादवले महोत्तरी मठिहानी ६ स्थित आगलग्गी प्रभावित क्षेत्रको आज स्थलगत निरीक्षण गर्नु भएको छ । प्रधामन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागि हुन काठमाडौ पुग्नु भएको मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै मठिहानी पुगी आगलग्गी प्रभावित क्षेत्रको निरीक्षणकासाथै पीडित परिवारहरु अवस्थाबारे जानकारी लिनु भएको छ । 

May be an image of 11 people and helicopter

पीडित परिवारहरु संग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको एकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्नु हुँदै उहाँले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तत्कालिक राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताउनु भयो । बैशाख १२ गते मटिहानी नपा वडा नं. ६मा भएको भिषण आगलग्गी बाट एक सय ३ घर जलेको थियो ।

प्रतिक्रिया दिनुहोस

पोखरियाका भ्रष्ट अधि ...

रंजित चौरसिया,वीरगंज २७ बैशाख। पर्साको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार ...

बिधालय स्तरमा दलित छ ...

रहमुल रहमुल लहान २७ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ माध्यामिक विद्यालय महदेवा पोर्ताहा ...

कृषि क्षेत्रमा फर्को ...

रहमुल लहान २६ बैशाख कृषि क्षेत्रमा फर्को मार्दै सिरहाको नवराजपुर गाउँपालिका शिवउदगार यादव नेतृत्वको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१