राष्ट्रिय महाधिवेशन सफल बनाउन एक हजार एकावन्न सदस्यीय जनपरिचालन समिती गठन

  • वैशाख २३, २०८१
  • ७७२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, बैशाख २३ । जनता समाजवादी पार्टी नेपाल एकताको प्रथम राष्ट्रिय महाधिवेशन समितिको उदघाटन सत्रलाई भव्यता प्रदान गर्न एक हजार एकावन्न सदस्यीय जन परिचालन समिति गठन गरिएको छ । जनपरिचालन समितिका संयोजक हरिनारायण यादवको अध्यक्षतामा आज जनकपुरमा सम्पन्न मधेश प्रदेश स्तरिय बिस्तारित बैठकले जनपरिचालन समितिलाई एक हजार एकावन्न सदस्यीय बनाउने निर्णय गरेको हो ।

No description available.

समितिमा प्रदेश भित्रका केन्द्रिय सदस्यहरु, परिषद सदस्य , मधेश प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य हरु, जिल्ला अध्यक्ष एवं पदाधिकारीहरु , भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि , निर्बाचित जनप्रतिनिधि हरु सदस्य रहने छ ।

No description available.

जसपा कार्यकारिणी समिति सदस्य एवं मधेश प्रदेश ईन्चार्ज मृगेन्द्र सिंह यादवको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा कार्यकारिणी समिती सद्स्य एवं मधेश प्रदेशका पुर्ब मुख्यमन्त्री लालबाबु राउत, कार्यकारिणी सद्स्य गोबिन्द चौधरी , प्रकाश अधिकारी , मनिष सुमन, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, राजनीति समिती सदस्य शैलेन्द्र साह ,राष्ट्रिय सभा सदस्य पुजा चौधरी ,मधेश प्रदेशका मन्त्रीहरु सुरिता साह, सिघासन साह , मो अबुल कलाम , प्रदेश नं. १ का प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री निर्मला लिम्बु सहितको उपस्थिति रहेको थियो । बैठकमा मधेश प्रदेशका केन्द्रिय सदस्य, परिषद सदस्य , मधेश प्रदेश कमिटीका पदाधिकारी एवं सदस्य हरु, जिल्ला अध्यक्ष एवं पदाधिकारीहरु , भातृ एवं शुभेच्छुक संगठनका प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

“विशेष, संरक्षित र स ...

ओम प्रकाश यादव लहान २९ चैत ।“आदिवासी दनुवारको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१