Siraha Times
ताजा समाचार

पोखरियाका भ्रष्ट अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोको लिला अपरम्पार

  • वैशाख २७, २०८१
  • ११५४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज २७ बैशाख। पर्साको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले भ्रष्टाचार सँगै रासलिला काण्डमा मुछिएपछि उनी माथि गयल हाजिरीको सन्दर्भमा राष्ट्रिय सतर्कता केन्द्रमा कारवाहीको लागि उजुरी पर्दा छटपटिएका छन् । अधिकृत श्रीवास्तवले शुक्लागण्डकी नगरपालिकाको कार्यालय दुलेगौडा तनहुमा कार्यरत्त रहंदा मिति २०७९÷६÷१४ गतेको पत्र अनुसार मिति २०७९÷०६÷२४ गते देखि लागु हुने गरी पोखरिया नगरपालिकामा हाजिर हुने गरी रमाना लिएकोमा अधिकृत श्रीवास्तवले २०७९÷१०÷१४ गतेका दिन हाजिर भएको समाचार स्रोतले जनाएको छ ।

नेपाल स्वास्थ्य हेल्थ ईन्सपेकसन समुह ७ औं तहका अधिकृत श्रीवास्तवले करिब ११० दिन कही कतैबाट बिदा नै स्वीकृत नगराई गयल भएको ती स्रोतको भनाई रहेको छ । पोखरिया नगरपालिकाको हाजिरी रजिष्टरमा रातो कलमले रेजा लागे पनि सो माथि अधिकृत श्रीवास्तवले आफुखुशी रातो कलमले नै घर बिदा लेखि उम्किने प्रयासरत्त रहेका छन् । नेपाल स्वास्थ्य ऐन २०५३ को दफा ७४ (१) को (छ) मा विदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था भए तापनि अधिकृत श्रीवास्तवले भ्रष्टाचारबाट कमाएको रकम ठाउँ–ठाउँमा नियमनकारी निकायलाई बाडदै आफ्नो कहीं कतैबाट केही नहुने ठोकुवा गर्दै चिया पसलहरुमा गफ दिने गरेको स्रोतको कथन रहेको छ ।

सोही सन्दर्भमा राष्ट्रिय सतर्कता केन्द्रले जिल्ला प्रशासन कार्यालय पर्सालाई पत्र पठाई छानबिन प्रक्रिया अगाडि बढाउन भनेकोमा प्रशासनले करिब एक महिना पहिले प्रशासकीय अधिकृत बिनय श्रीवास्तवको जिम्मा दिई पोखरिया नगरपालिकामा पठाउंदा अधिकृत श्रीवास्तवले आफ्नो कर्मचारी मार्फत हाजिरी रजिष्टर लुकाउन लगाएको स्रोतको भनाई रहेको छ । प्रशासन कार्यालयले हालसम्म भरपर्दो तरीकाले छानबिनको कार्य नगर्दा अनेकौं किसिमको शंका–उपशंका उब्जिए सँगै अधिकृत श्रीवास्तवले प्रशासन कार्यालयमा सेटिङ्ग भईसकेको भन्दै आफ्नो केही नहुने रक्सी खाएको मात्तमा बरबराउदै गरेको ती स्रोतको कथन रहेको छ ।

अधिकृत श्रीवास्तवले भ्रष्टाचार सँगै रासलिला काण्ड मच्चाउन थालेपछि उनका लेखा प्रमुख मन्दिप महतो प्रतिस्पर्धामा उत्रिएको पोखरियावासीहरुको आरोप रहेको छ । लेखा प्रमुख मन्दिप महतोको रासलिला काण्डबारे केही महिना पहिले उनका आमा बुवालाई जानकारी भएपछि नगरपालिका कार्यालयमै गई नगरप्रमुख प्रद्युमन चौहानलाई गुनासो गरेको स्रोतले जनाएको छ । भ्रष्टाचारको कमाईबाट करोडौं दम्पच गरी अकुत सम्पत्ति जोडदै क्रेटा गाडी किनेर आफ्ना पार्टनरहरुलाई मौजमस्ती गर्दै गराउदै वीरगंजमा करिब ३ वटा फ्ल्याट लिएका भ्रष्ट लेखा प्रमुख महतोको रासलिला अपरम्पार रहेको उनका निकटवर्तीहरु बताउंदछन् । अधिकृत श्रीवास्तव र लेखा प्रमुख महतोको आचरण एकैनासको मिलेपछि सेटिङ्गको भ्रष्टाचारमा मात्तिरहने, जेसुकै गर्ने र पोखरिया नगरपालिकालाई बदनाम गर्न गराउनमा तल्लीन देखिएकोमा पोखरियावासीहरु आजित भएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१