स्कुल बस अनियन्त्रित हुदा रुखमा ठोकियो

  • बैशाख २१, २०८१
  • ७१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क्षती भएको छैन सप्तरीको करमनिया रहेको ब्रेभहट इंगलिश स्कुलको बस सुरुङ्गा न. पा. वडा नं. ८ र ११  बाट बिधार्थी ल्याउने क्रममा स्कुल बस अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा बस भित्र रहेका करिब २०/२५ जना बिधार्थीहरु थिए जस मध्ये केहीलाई उपचारको लागी लहान लगेका छन भने सामान्य चोटपटक लागेकालाई स्थानीय मेडिकल पसलमा उपचार गराउन लागेको छन र बस चालक स्टिरिंगले किचिएर घाईते भएका छन। बिहान करिब ६ बजेको समयमा बस अनियन्त्रित हुदा बिधार्थीहरुलाई बचाउनका लागि सडक छेउमा रहेको सपेताको रुखमा ठोकी बिधार्थीहरुको ज्यान बचाई ठुलो दुर्घटना हुनबाट बचाएका छन र करिब २ घण्टा सम्म बस चालक स्टिरिंगले किचिएको थियो पछि ३ वटा जेसिबी बोलाई नेपाल प्रहरी र स्थानीय बासिन्दा मिली उद्धार गरेका छन ।

प्रतिक्रिया दिनुहोस

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

अनैतिक सम्बन्धका कार ...

बिसुनदेव सरदार सिरहा, ५ जेठ । नेपाल नाई ट्रेड युनियन र नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्य ...

लामखुट्टेको जोखिमयुक ...

बिरेन्द्र प्रसाद नेपाल लहान ३ गते । सिरहाको लहान नगरपालिकाले दुई दिनमा ५०१ वटा विपन्न परिवारलाई झुल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१