लामखुट्टेको जोखिमयुक्त क्षेत्रमा झुल बितरन, शैक्षिक संस्था बिकास गर्न दिए आश्वासन : मेयर चौधरी

  • जेठ ३, २०८१
  • ८९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान ३ गते । सिरहाको लहान नगरपालिकाले दुई दिनमा ५०१ वटा विपन्न परिवारलाई झुल वितरण गरेको छ । मङ्गलबार वडा नं १५ ढोढ्नामा दुई सय ७५ दलित तथा विपन्नलाई झुल वितरण गरिएको छ भने बिहिवारका दिन लहान नपा २४ का डाडाटाेलमा १२५ बिपन्न परिवारलाई लामखुट्टे सम्बन्धी लाग्ने रोगको जनचेतना दिदै नगरप्रमुख महेशप्रसाद चौधरीले झुल बितरन गरेको छ । 

यसरी झुल बढनेक्रममा मेयर चौधरिले प्रदेशिक अस्पताल लहानका बिरामिहरुलाइ समेत झुलको अभाव भने स्मरण आए लगतै आजैकादिन मेसु सुनिल कुशवाहालाइ बिरामीका लागि १०१ झुल दिएको छ । यसरी मेयर चौधरीले समयको ब्यस्ततामा पनि जनता स्वास्थ रहोस भनी भवना रख्दै दुई दिनमा कुल ५०१ झुल बितरन गरेको जानकारी दिनुभयो । बढि गर्मी हुने र लामखुट्टेको जोखिमयुक्त क्षेत्र लहान भएकोले नगरका विपन्न परिवारलाई झुल वितरण गर्ने मेयर महेश प्रसाद चौधरीको लक्ष्य रहेको समाचार मर्फत जनकरी गराएको छ ।

सर्प, लामखुट्टे, विभिन्न किरापटेंग्राहरुबाट जोगाउन र लामखुट्टेबाट लाग्ने विभिन्न रोगबाट बचाउनको लागि सो क्षेत्रका वासिन्दाहरुलाई झुल वितरण गरिरहेको मेयरको भनाइ छ । झुल पाएपछी विपन्न परिवारका सदस्यहरु खुशी भएका छन् । लामखुट्टेको टोकाइबाट विभिन्न रोग लाग्ने हुंदा यसबाट बच्न केही राहत पाएको उनीहरुको भनाइ छ ।

‘एक घर, एक झुल’ अभियान सञ्चालन गरी नगरपालिकाभित्रका गरिब, मजदुर तथा विपन्न परिवारलाई मलेरिया, डेङ्गुलगायत अन्य प्राणघातक रोगबाट बचाउन आफू लागिपरेको नगरप्रमुख चौधरीले बताउनुभयो । “गर्मी र वर्षात्को मौसम सुरु भएपछि लामखुट्टेको प्रभाज बढेको छ । उनीहरूलाई बिरामी हुनबाट जोगाउन नगरपालिकाको तर्फबाट झुल वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “एउटा झुल पर्याप्त नभए पनि समुदायमा लामखुट्टेको टोकाइबाट लाग्ने प्राणघातक रोगबाट बच्न झुल लगाउनुपर्छ भन्ने चेतना जागृत हुनेछ ।

स्थानीयको मागअनुसार नै झुल वितरण गरिएको हो ।”नगरप्रमुख चौधरीका अनुसार नगरका २४ वटै वडाका गरिब, विपन्न र दलित परिवारलाई पालैपालो झुल वितरण गरिने छ । वडा सदस्य तथा नगरपालिका न्यायिक समितिको सदस्य रामकुमारी दासले झुल वितरण अभियानले दलित समुदायका बालबच्चा तथा महिलालाई सुरक्षित राख्न मद्दत पुग्ने बताउनुभयोे । हिजो बुधवारका दिन लहान न पा १८ भदैयाको श्री राम लक्ष्मन अधारभुत स्कुलमामा चार कोठाको भवन बनाइ दिने र १० कलाश सम्मको स्कुल बनाइ दिने भदैयाबासिलाइ आश्वासन दिएकोले स्थानियले मेयर महेश चौधरीको कार्यलाई ताली बजाएर स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

लहान एफ.सी.ले जित्यो ...

ओम प्रकाश यादव लहान, ३० चैत। सिरहाको सखुवानन्कारकटटी गाउँपालिका–१ मा आयोजित दोस्रो व ...

“विशेष, संरक्षित र स ...

ओम प्रकाश यादव लहान २९ चैत ।“आदिवासी दनुवारको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत ...

वित्तीय शोषण विरुद्ध ...

ओम प्रकाश यादव लहान २८ चैत । “सम्पूर्ण वित्तीय मजदुर एक होऔँ ! वित्तीय शोषण तथा उत्पीडन विरुद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१