ओम प्रकाश यादव लहान ०२ जेष्ठ । सिरहाको खैरटोकामा लागूऔषध औषध सहित दुइ जना प्रहरीको फन्दामा सिरहा नगरपालिका वडा नं.१७ खैरटोका, माडर भन्सार कार्यालय अगाडी इलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको अधारमा भारतबाट नेपालतर्फ आउदै गरेको ज.२ प ७१४४ नं.को मोटरसाईकल चालक जिल्ला सिरहा, गोलबजार नगरपालिका वडा नं. ४ बस्ने अन्दाजी बर्ष २६ को आशिष साह र मोटरसाईक पछाडी सवार सोहि नगरपालिकाका वडा न० १२ बस्ने विनोद मण्डललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक आशिष साहले मुखमा लगाएको माक्स भित्र लुकाई छिपाई राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागूऔषध (६.२४० ग्राम ) फेला रीतपूर्वक बरामद गरी मोटरसाईकल र लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको ।
प्रतिक्रिया दिनुहोस
लहानमा रहेको भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सार्ने निर्णयप्रति कांग्रेस लहानको आपत्ति
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved