Siraha Times
ताजा समाचार

पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै साथै भ्रष्टाचार गर्नमा एकजुट

  • जेठ १, २०८१
  • ८८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया बारा १ जेष्ठ। बाराको देवताल गाउँपालिकामा तिन जना पदाधिकारी मिलि जनतालाई गुमराह पार्ने गरेका छन्। भने भ्रष्टाचार गर्नमा एकजुट हुने पाइएको छ।साथै गाउँपालिकामा अन्य कर्मचारी भएता पनि गाउँपालिका अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले आफ्नो भ्रष्टाचार गर्न सहज हुने उदेश्यले एउटै कर्मचारीलाई प्रशासन शाखा प्रमुख, योजना शाखा प्रमुख र शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा राजिव यादवलाई राखेको पाईएको छ।

कुनै पनि कार्यालयको मेरुदण्ड भनेको उक्त कार्यालयको प्रशासन शाखा हुने गरेको छ। तर प्रशासन शाखासँगै पालिकाको योजनाहरुबाट कमिशन उठाउन तथा आफ्नो आसेपासेलाई योजना बितरण गर्न सहज हुने उदेश्यले सोहि ब्यक्तिलाई योजना प्रमुख सहित शिक्षा प्रमुखको जिम्मेवारी दिईएको छ।

यादवलाई नै तिनवटा फाँट प्रमुखको जिम्मेवारी दिईएको कारण देवताल गाउँपालिकामा भ्रष्टाचार मौलाएको स्थानीयहरुले आरोप लगाएका छन्। भने जनताको कामकाजमा तिनै फाँटको प्रमुख राजिव यादवले गाउँपालिका अध्यक्ष उदय प्रसाद यादवसँग कुरा गर्न आग्रह गर्ने गरेको गुनासो रहेको छ। भने गाउँपालिका अध्यक्ष यादवले आफूलाई कर्मचारीहरुले नटेर्ने तथा प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवसँग कुरा गर्ने बताउने गरेका छन्। किनभने प्रमुख प्रशासकीय अधिकृतलाई नै निति नियम जानकारी हुने समेत गाउँपालिका अध्यक्ष यादवले बताउने गरेको गुनासो रहेको छ। तर प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तव धेरै जसको कार्यालयमा अनुपस्थित हुने गरेको पाईन्छ। साथै कहिले काँही कार्यालयमा पुगे पनि कुन बेला आएको र कुन बेला गएको जनतालाई जानकारी नै नहुने गरेको समेत गुनासो रहेको छ।

पालिकामा आफ्नो ब्यक्तिगत लाभ हुने कामकाज भए तिनै जना एकजुट भई कहिले कलैयामा बसि त कहिले बिरगँजमा बसी कागजात पार्ने गरेको समेत गुनासो रहेको छ। यस बिषयमा प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवसँग कुरा गर्दा त्यस्तो केहि नभएको बताएका छन्। साथै करिब एक हप्ता पहिला वडा नं ७ का वडा अध्यक्ष सतेन्द्र यादवले आफुसँग अभद्र ब्यबहार गरेको सर्वविदितै छ। उक्त कुराको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको नेतृत्वमा मिलापत्र भएपछि मेरो स्वास्थ्यमा समस्या आएकोले कार्यालय जान नसकेको बताएका छन्। साथै स्वास्थ्यमा सुधार भएसँगै नियमित कार्यालय जाने गरेको बताउँदै जनताको कामकाज भईरहेको दाबी समेत गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१