अनैतिक सम्बन्धका कारण नेपाल नाई ट्रेड युनियन र ओबिसीका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुर थुनुवामा

  • जेठ ५, २०८१
  • ६२२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिसुनदेव सरदार सिरहा, ५ जेठ । नेपाल नाई ट्रेड युनियन र नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुर थुनामा परेका छन् । उनका श्रीमती उषा कुमारी ठाकुरले परस्त्रीर ओ.बि.सी. र नेपाल नाई.ट्रेड युनियनका केन्द्रीय पदाधिकारी एक महिलासँग अनैतिक सम्बन्धमा लागेर आँफुलाई दुर्ववहार गाली बेईज्जती तथा कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय ललितपुरमा किटानी जाहेरी दिएपछि दुबै पक्षलाई छलफलका लागि शुक्रबार प्रहरीले बाेलाएका थिए ।

बिगतका दिनमा र अहिले अध्यक्ष ठाकुर बेलाबेलामा विवादित बन्दै आएको छ । २०७९ काे चुनावमा उनलेे OBC काे लागाे झण्डा प्रयोग गरेको हुँदा उनलाई OBC महासंघका केन्द्रीय समितिले उनलाई कारवाही समेत गरेका थिए भने गत वैशाख २५ गते काठमाडौंकाे बानेश्वरमा भएको एक कार्यक्रममा ठाकुरलाई उनकै केन्द्रीय समितिका पदाधिकारीहरुले भ्रष्टाचारीकाे संज्ञा दिदै बिराेध प्रदर्शनी समेत गरेका थिए ।

रेडकार्ड वितरण गरि प्रति सैलुन रु १५००/- देखि १७५०/- सम्म उठाउने र विभिन्न संघसंस्था व्यक्तिबाट समेत रकम उठाएर भ्रष्टाचार गरेको र हिसाब माग्दा उल्टै गाली बैइजती गर्ने गरेको नेपाल नाई ट्रेड युनियनका केन्द्रीय सदस्य गंगा ठाकुरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

जिल्ला प्रहरी कार्या ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाभित्र एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । कार्यालयको महिला तथ ...

फरार प्रतिवादी नियन ...

बिरेन्द्र प्रसाद नेपाल लहान ३० जेठ । सिरहा प्रहरीले पाँच जना विभिन्न मुद्दा बाट उमिक्न खोजेका फरार प ...

पहिलो पटक बन्दा खेति ...

लहान २९ जेठ । धनकुटा महालक्ष्मी नगरपालिका याङ्लाबुङ्गका युवा यकेन्द्र मगर आजभन्दा ५/६ बर्ष अघि सबैको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१