सप्तरीको अग्निपीडितलाई घर बनाइदिने मुख्यमन्त्री यादवको घोषणा

  • बैशाख २०, २०८१
  • ५७० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी , बैशाख २० । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितहरूलाई घर बनाइदिने घोषणा गर्नु भएको छ ।‌ अग्निपीडितलाई भेट्न बिहिबार घटनास्थल पुगेका मुख्यमन्त्री यादवले प्रदेश सरकार जनता आवासको मोडेलमा पीडित परिबारलाई घर बनाइदिने घोषणा गर्नु भएको हो ।

उहाँले भन्नु भयो , 'प्रदेश सरकार सुखदुःखमा तपाईहरुको साथमा छ, आजकलमै निर्णय गरेर यहाँ आगोमा जति घर जलेको छ त्यति घर प्रदेश सरकारले बनाइदिनेछ।' बिहिबार दिउँसो काठमाडौँबाट राजविराज विमानस्थल पुगेका मुख्यमन्त्री सिधै घटनास्थल पुगेका थिए । घटनास्थल निरिक्षणको क्रममा अग्निपीडितहरूले मुख्यमन्त्री समक्ष आफ्नो दुखेसो पोखेका थिए । मंगलबार चिम्टीमा भएको आगलागीमा परेर त्यहाँका ४७ बढी परिवार घरविहीन बनेका छन् । निरिक्षणको क्रममा बन तथा वातावरण मन्त्री भरत साह, प्रदेश सभा सदस्य मनिष सुमन, किरण साह, माला कर्ण, मधेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

अनैतिक सम्बन्धका कार ...

बिसुनदेव सरदार सिरहा, ५ जेठ । नेपाल नाई ट्रेड युनियन र नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्य ...

लामखुट्टेको जोखिमयुक ...

बिरेन्द्र प्रसाद नेपाल लहान ३ गते । सिरहाको लहान नगरपालिकाले दुई दिनमा ५०१ वटा विपन्न परिवारलाई झुल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१