Siraha Times
ताजा समाचार

सुरुङ्गा नगरपालिकाको स्वास्थ्य शाखामा औषधीको अभाव ,सेवाग्रही मार्कामा निकाय मौन 

  • वैशाख २४, २०८१
  • १०५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जग जिवन राम, सुरुङ्गा २४ बैसाख सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य शाखामा औषधी अभाव हुदा सेवाग्रही हरु मर्कामा परेका छन। नेपाल सरकारले मापदण्ड बनाएको छ कि स्वास्थ्य संस्थाहरुमा ९८ किसिमका औषधी खरिद गरि  निशुल्क बितरण गर्ने रहेता पनी अहिले सुरूङ्गा नगरपालिकाको वडा नं. ६ कडरबोनाको स्वास्थ्य शाखामा औषधीको अभावका कारण सेवाग्रहीहरु केही मात्रामा औषधी लिइ फर्केका छन। बाँकी औषधी बाहिर पसलबाट लिने गरेका छन।

प्राथमिक स्वास्थ्य शाखा कडरबोनाका इन्चार्ज डा.शैलेन्द्र प्रसाद चौधरी संग सो बिषयमा सोधपुछ गर्दा हामी यहाँ बाट औषधीको मांग फारम नगरपालिकामा पठाउछौ तर मांग फारम अनुसार औषधीहरु समयमा उपलब्ध नगरी बिरामीहरूले बाहिरबाट औषधी लिनु परेको छ। र लगभग सुरुङ्गा नगरपालिका भित्र सबै स्वस्थ्य चौकीहरुमा यही अबस्था होला। नगरपालिकाबाट बर्षौ स्वास्थ्यमा लाखौं /अर्बौ रकम छुट्याएको हुन्छ तर औषधिको अभावले किन? सरकारी अस्पतालहरू गरीब, विपन्न, असहाय, दलित समुदायको मानिसहरू पैसाको अभावले केही आशा बोकेर आएका हुन्छन तर रित्तो हात फर्किनु पर्छन।

प्रतिक्रिया दिनुहोस

‘सरकार ! कोठा खाली छ ...

रहमुल, लहान–४ असोज । ‘सरकार ! कोठा खाली छ ?’ भन्ने प्रश्नसहित काठमाडौंको माइतीघरमा ...

सामाजिक सेवामा उत्रि ...

विनोद अविरल,सिराहा, असोज ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ स्थित चर्चित करोना चोकको ग् ...

लहान–२२ मा सडक नाटक ...

ओम प्रकाश यादव, लहान, असोज ३ । सिरहाको लहान नगरपालिका–२२ स्थित बेली सदाय बस्ती, सलोखरी दास बस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१