सुरुङ्गा नगरपालिकाको स्वास्थ्य शाखामा औषधीको अभाव ,सेवाग्रही मार्कामा निकाय मौन 

  • बैशाख २४, २०८१
  • ५७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जग जिवन राम, सुरुङ्गा २४ बैसाख सप्तरीको सुरुङ्गा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य शाखामा औषधी अभाव हुदा सेवाग्रही हरु मर्कामा परेका छन। नेपाल सरकारले मापदण्ड बनाएको छ कि स्वास्थ्य संस्थाहरुमा ९८ किसिमका औषधी खरिद गरि  निशुल्क बितरण गर्ने रहेता पनी अहिले सुरूङ्गा नगरपालिकाको वडा नं. ६ कडरबोनाको स्वास्थ्य शाखामा औषधीको अभावका कारण सेवाग्रहीहरु केही मात्रामा औषधी लिइ फर्केका छन। बाँकी औषधी बाहिर पसलबाट लिने गरेका छन।

प्राथमिक स्वास्थ्य शाखा कडरबोनाका इन्चार्ज डा.शैलेन्द्र प्रसाद चौधरी संग सो बिषयमा सोधपुछ गर्दा हामी यहाँ बाट औषधीको मांग फारम नगरपालिकामा पठाउछौ तर मांग फारम अनुसार औषधीहरु समयमा उपलब्ध नगरी बिरामीहरूले बाहिरबाट औषधी लिनु परेको छ। र लगभग सुरुङ्गा नगरपालिका भित्र सबै स्वस्थ्य चौकीहरुमा यही अबस्था होला। नगरपालिकाबाट बर्षौ स्वास्थ्यमा लाखौं /अर्बौ रकम छुट्याएको हुन्छ तर औषधिको अभावले किन? सरकारी अस्पतालहरू गरीब, विपन्न, असहाय, दलित समुदायको मानिसहरू पैसाको अभावले केही आशा बोकेर आएका हुन्छन तर रित्तो हात फर्किनु पर्छन।

प्रतिक्रिया दिनुहोस

योग तथा स्वास्थ्य जी ...

कपिलवस्तु, जेष्ठ ५  स्वास्थ्य जीवनको चाहना योग शिक्षा र साधना भन्ने मूल नाराका साथ कपिलवस्तु जि ...

अनैतिक सम्बन्धका कार ...

बिसुनदेव सरदार सिरहा, ५ जेठ । नेपाल नाई ट्रेड युनियन र नेपाल पिछडावर्ग ओबिसी महासंघका केन्द्रीय अध्य ...

लामखुट्टेको जोखिमयुक ...

बिरेन्द्र प्रसाद नेपाल लहान ३ गते । सिरहाको लहान नगरपालिकाले दुई दिनमा ५०१ वटा विपन्न परिवारलाई झुल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१