कपिलवस्तुको कर्मामा अवध मैत्री समाजद्वारा हाेलि मिलन समाराेह

  • चैत्र २०, २०८०
  • ७२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , चैत्र २० नेपाल-भारत अवध मैत्री समाजकाे आयाेजनामा हाेलि मिलन समाराेह एवं सांस्कृतिक कार्यक्रम हुने भएकाे छ। मथुरा ,वृन्दनवन, बृज, काशी , आयाेध्या लगायतकाे अवध संस्कृतिक क्षेत्रमा हाेलीकाे महत्व एवं रितिरिवाजकाे आदानप्रदानका साथै थप भव्य बनाई सांस्कृतिक बिकासमा टेवा पुर्याउने उद्देश्यले हाेली मिलन समाराेह २०८० मनाउन लागिएकाे पत्रकार सम्मेलनका माध्यमबाट आयाेजक समितिले जानकारी गराएकाे छ ।

नेपाल-भारत लगायत हिन्दु धर्मवालम्बी बसाेबास गरेका देशहरुमा विभित्र तरिकाले हाेली मनाउने गरेका छन । साे ही अवसरमा चैत्र २१ गतेका दिन नेपाल र भारतका सांस्कृतिक कलाकारहरुकाे बेजाेड प्रस्तुतिका साथ प्रथम हाेली मिलन समाराेह आयाेजना गरिएकाे नेपाल-भारत अवध मैत्री समाजका केन्द्रीय अध्यक्ष पुर्व राज्यमन्त्री इश्वरदयाल मिश्रले जानकारी दिनुभएको छ ।

कृष्णनगर नगरपालिका वडा ६ काे जनता माध्यमिक विद्यालय कर्माकाे प्रांगणमा गरिने साे कार्यक्रममा भारतीय दुतावासका पदाधिकारी , नेता एवं समाजसेवीका साथै नेपाल तर्फका नेता तथा जनप्रतिनिधिसमेतकाे उपस्थिति रहने आयाेजक समितिले बताएको छ । पत्रकार सम्मेलनमार्फत पुर्व राष्ट्रिय सभा सदस्य दीर्घनारायण पाण्डे , कांग्रेश महाधिवेशन प्रतिनिधि दीपक शुक्ला, नेता रविदत्त मिश्र , राशिद मिर्जा , कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति अध्यक्ष गंगेशनाथ तिवारी पुर्वप्रधान सचिदानन्द शुक्ला , देवानन्द शुक्लालगायतका स्थानीय जनप्रतिनिधिले सामुहिकरुपमन कार्यक्रमलाई भव्य, सभ्य एवं सफल बनाउन सम्पूर्ण सराेकारवाला , जनप्रतिनिधि , संघसंस्था, सर्वसाधारण तथा संचारकर्मीहरुलाई अनुराेधसमेत गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

पोखरियाका भ्रष्ट अधि ...

रंजित चौरसिया,वीरगंज २७ बैशाख। पर्साको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार ...

बिधालय स्तरमा दलित छ ...

रहमुल रहमुल लहान २७ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ माध्यामिक विद्यालय महदेवा पोर्ताहा ...

कृषि क्षेत्रमा फर्को ...

रहमुल लहान २६ बैशाख कृषि क्षेत्रमा फर्को मार्दै सिरहाको नवराजपुर गाउँपालिका शिवउदगार यादव नेतृत्वको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१