मधेश प्रदेश समन्वय परिषद कतारले बृहत ईफ्तार कार्यक्रम गर्दै

  • फाल्गुन २१, २०८०
  • ८६६ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

जनकपुरधाम - मधेश प्रदेश समन्वय परिषद कतारले बिगतका बर्षहरूमा जस्तै यस वर्ष पनि ईस्लामिक धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रिय पर्व ईद-उल-फित्रको पावन अवसरमा वृहत इफ्तार कार्यक्रम आयोजना गर्ने भएको छ।

धार्मिक तथा सामाजिक सद्धभाव लागी सबै धर्म समुदायको चाड पर्वहरूलाइ मिलेर मनाउनु पर्छ भन्ने उदेश्य अनुरूप अन्य चाडपर्व संगै मुस्लिम समुदायको पबित्र महीना रमजानको रोजा राख्ने वर्तालुहरूलाई इफतार कार्यक्रमको आयोजना गरेको हो।

कतारमा स्थापित विभिन्न संस्थाको सहयोग एव समन्वयमा शुभकामना आदानप्रदान सँगै आयोजित बृहत इफतार कार्यक्रम आगामी १५ मार्च २०२४ शुक्रबारको दिन कतारको सनैया, स्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा स्थानीय समय अनुसार दिउँसो २:००बजे हुने भएको छ।

उक्त कार्यक्रम सफलता पार्नको निम्ति सबैमा उपस्थितिको लागि आयोजक संस्था मधेश प्रदेश समन्वय परिषद कतारको अध्यक्ष नियाज शेखलेे कतारमा श्रम गर्दै आईरहेका सम्पुर्ण मुस्लिम तथा गैर मुस्लिम नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई निमन्त्रणा समेत गरेका छन।

प्रतिक्रिया दिनुहोस

पोखरियाका भ्रष्ट अधि ...

रंजित चौरसिया,वीरगंज २७ बैशाख। पर्साको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार ...

बिधालय स्तरमा दलित छ ...

रहमुल रहमुल लहान २७ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ३ माध्यामिक विद्यालय महदेवा पोर्ताहा ...

कृषि क्षेत्रमा फर्को ...

रहमुल लहान २६ बैशाख कृषि क्षेत्रमा फर्को मार्दै सिरहाको नवराजपुर गाउँपालिका शिवउदगार यादव नेतृत्वको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१