Siraha Times
ताजा समाचार

कर्जन्हामा ब्राउन सुगरजस्तो पदार्थसहित दुई जना पक्राउ

  • साउन ३, २०८३
  • ५९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत्रबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८३ साल साउन ३ गते दिउँसो करिब १ः४५ बजे कर्जन्हा नगरपालिका–११ नयाँ टोलस्थित आइस फ्याक्ट्री क्षेत्रमा लागुऔषध लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा प्रहरी चौकी कर्जन्हा, सिरहाबाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका–६ निवासी राम उदगार महतोको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गरेको थियो।

खानतलासीका क्रममा स्टिलको सानो बट्टाभित्र लुकाइछिपाइ राखिएको १० वटा साना प्लास्टिकका टुक्रामा रहेको ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। प्लास्टिकसहित उक्त पदार्थको तौल १.४४ ग्राम रहेको र प्लास्टिक हटाउँदा ८८० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, प्रहरीले नेपाली रुपैयाँ ५ हजार ७ सय ४०, दुई थान स्क्रिन टच मोबाइल र एक थान कीप्याड मोबाइलसमेत बरामद गरेको छ।

लागुऔषधसहित पक्राउ पर्नेमा सिरहा कर्जन्हा नगरपालिका–९ घर भई हाल कर्जन्हा नगरपालिका–११ स्थित राम उदगार महतोको घरमा डेरा गरी बस्दै आएका करिब २४ वर्षीय अवधेश महरा र कर्जन्हा नगरपालिका–९ बस्ने करिब ३१ वर्षीय सुनिल महरा रहेका छन्।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

ठाडीमा सशस्त्र प्रहर ...

कुलानन्द यादव लहान असोज ६ । सिरहाको ठाडी सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइएको सामान भन्सार प्रक ...

सुखीपुरमा सामाजिक सु ...

ओम प्रकाश यादव लहान असोज ६ । सुखीपुर नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्ति ...

मिसन–८४ : निर्णय गर् ...

रहमुल, लहान ६ असोज । सिरहाको कर्जन्हा नगरपालिका–५ कल्याणपुरमा महिला अधिकार, नेतृत्व, सहभागिता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१