Siraha Times
ताजा समाचार

मोबाइल नष्ट गर्ने निर्णयविरुद्ध विद्यार्थी संगठनको ज्ञापनपत्र, आन्दोलनको चेतावनी

  • जेठ २६, २०८३
  • ६२९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान जेष्ठ २६ । एसईई परीक्षाका क्रममा बरामद गरिएका मोबाइल तथा स्मार्टवाच नष्ट गरिएको निर्णयप्रति असन्तुष्टि जनाउँदै संयुक्त विद्यार्थी संगठन सिरहाले जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापनपत्र बुझाएको छ। संगठनले उक्त निर्णयलाई विद्यार्थीहरूको व्यक्तिगत सम्पत्तिमाथिको क्षति भन्दै तत्काल पुनरावलोकन र उचित क्षतिपूर्तिको माग गरेको छ।

सोमबार जिल्ला प्रशासन कार्यालय सिराहा पुगेर विद्यार्थी नेताहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले परीक्षा व्यवस्थापनका क्रममा जफत गरिएका मोबाइल तथा स्मार्टवाचहरू नष्ट गर्नु कानुनी र नैतिक रूपमा समेत आपत्तिजनक भएको दाबी गरेका छन्।

विद्यार्थी संगठनका प्रतिनिधिहरूका अनुसार, परीक्षामा अनियमितता रोक्ने उद्देश्यले बरामद गरिएका उपकरणहरूलाई नष्ट गर्नुको सट्टा कानुनी प्रक्रिया अपनाई सुरक्षित रूपमा फिर्ता वा आवश्यक अनुसन्धान गर्न सकिने विकल्पहरू उपलब्ध थिए। तर त्यस्ता विकल्पलाई बेवास्ता गर्दै उपकरण नष्ट गरिएको भन्दै उनीहरूले यसलाई अन्यायपूर्ण निर्णय भनेका छन्।

ज्ञापनपत्रमार्फत संगठनले तत्काल उक्त निर्णयको पुनरावलोकन, सम्बन्धित विद्यार्थीहरूको सम्पत्तिको क्षतिपूर्ति तथा भविष्यमा यस्ता घटनामा स्पष्ट र पारदर्शी कार्यविधि अपनाउन माग गरेको छ। संगठनले आफ्ना मागहरू यथाशीघ्र सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाले ज्ञापनपत्र बुझ्दै यस विषयलाई सम्बन्धित निकायसम्म पुर्‍याइने र आवश्यक छलफलमार्फत समाधान खोजिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस

भाइरल ज्वरोका बिरामी ...

ओम प्रकाश यादव लहान भदौ २५। मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्या बढ्दै गएपछि सिरहाको लहान ...

लहानको हुलाक कार्याल ...

ओम प्रकाश यादव, लहान । सिरहाको लहान नगरपालिका क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण तथा सार्वजनिक सुविधालाई ...

लहान–१६ स्थित श्री म ...

ओम प्रकाश यादव लहान भदौ २५ । लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१६ स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१