Siraha Times
ताजा समाचार

बस्तिपुर माविका प्र.अ.देबेन्द्र यादव द्वारा दिवा खाजा प्रकरणमा पत्रकारमाथि दुर्व्यवहार

  • माघ २४, २०८१
  • १०९२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २४ माघ । लहान-१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा दिवा खाजा सम्बन्धी रिपोर्टिङ गर्न गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक पत्रकार सितल कुमार साहमाथि विद्यालयका प्रधानाध्यापक देबेन्द्र यादवले दुर्व्यवहार गरेका छन्। सूचना अनुसार, विद्यालयमा विद्यार्थीहरूलाई एक हप्ता पुरानो बासी बुनिया खुवाइएको गुनासो आएपछि पत्रकार साह सो विषयमा रिपोर्टिङ गर्न विद्यालय पुगेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराई विद्यालय पुगेका पत्रकारलाई प्रधानाध्यापक यादवले दुर्व्यवहार गरेको बताइएको छ।

एक समय शिक्षाको लागि चर्चित मानिएको बस्तिपुर मावि हाल आएर शैक्षिक गुणस्तरमा निकै खस्किएको छ। शिक्षक समयमा उपस्थित नहुने, पढाइको स्तर कमजोर हुँदै गएको, विद्यालय प्रशासन मनोमानी ढंगले सञ्चालन भइरहेको भन्दै स्थानिय तहबाट चौतर्फी आलोचना भइरहेको छ। माघ २० गते नै सरस्वती पूजाका लागि बनाइएको बुनिया माघ २४ गते विद्यार्थीहरूलाई दिवा खाजाका रूपमा खुवाइएको थियो। सो घटनाको रिपोर्टिङ गर्न खोज्दा प्रधानाध्यापक यादवले पत्रकार साहलाई दुर्व्यवहार गरेका हुन्।

सञ्चार जगतमा आक्रमण सह्य नहुने भन्दै पत्रकार महासंघ, स्थानीयबासी तथा अभिभावकहरूले प्रधानाध्यापक यादवमाथि कडा कारबाहीको माग गरेका छन्। सम्बन्धित निकायले छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गर्दै सरोकारवाला पक्षलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस

सिराहाको गोलबजारमा १ ...

विनोद अविरल, बैशाख ८ । ​गोलबजार, सिराहा – मधेश प्रदेश सरकारको संसदीय कोषबाट निर्माण हुन लागेको ...

सप्तरीमा पोषणमैत्री ...

रहमुल, लहान ८ वैशाख । सप्तरीको बलान बिहुल गाउँपालिकामा पोषणमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान् ...

जिसस प्रमुख महतोको अ ...

ओम प्रकाश यादव लहान, ७ बैशाख । प्लान इन्टरनेशनल नेपालको आयोजनामा पूर्व क्षेत्रीय कार्यालय जनकपुरधाम, ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१